Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर

मेट्रो अनलाइन ट्याक्सीद्वारा ट्याक्सी चालकहरुको लागि निःशुल्क दन्त शिविर


काठमाडौं । काठमाडौंमा सञ्चारमा रहेका ट्याक्सी चालकहरुको स्वास्थ्य सुविधामा ध्यान राख्दै मेट्रो अनलाइन ट्याक्सीले ललितपुरको जावलाखेलमा निःशुल्क दन्त शिविरको आयोजना गरेको छ । कम्पनीले हाम्रो डेन्टल क्लिनिकको सहयोगमा शनिबार दन्त शिविर आयोजना गरेको हो । सो दन्त शिविरमा एक सयभन्दा धेरै ट्याक्सी चालकहरुको दन्त परीक्षण गरिएको थियो ।

मेट्रो अनलाइन ट्याक्सीले आफ्नो एपमा आबद्ध भएका चालकहरुलाई सुविधा दिने उद्देश्यले विभिन्न सामाजिक कार्यहरु गर्दै आएकोमा हाल दन्तशिविर सञ्चालन गरेको हो । मेट्रो अनलाइन ट्याक्सीका बजार व्यवस्थापन प्रमुख सूर्य तामाङले पहिलो पटक दन्त शिविर सञ्चालन गरिएको जानकारी दिँदै यसलाई आगामी दिनमा मासिकरुपमा उपत्यकाभर शिविर सञ्चालन गरिने जानकारी दिए । सो शिविरमा चालकहरुलाई दन्त सुरक्षाको बारेमा परामर्श दिनुका साथै आवश्यक सामग्रीहरु समेत निःशुल्क प्रदान गरिएको थियो ।

शिविर सञ्चालन हाम्रो डेन्टल क्लिनिकका सञ्चालक डा. सरोज घिमिरेको नेतृत्वमा छजना स्वास्थ्य प्राविधिकहरुले परीक्षण तथा सेवा प्रदान गरेका थिए । मेट्रो अनलाइन ट्याक्सीले न्यूनतम ९९ रुपैयाँमा नै ट्याक्सी सेवा प्रदान गरिरहेको छ । यसको लागि गुगल प्ले स्टोरमा मेट्रो अनलाइन ट्याक्सी एप उपलब्ध रहेको छ । यस मेट्रो अनलाइन ट्याक्सीमा पाँच हजारभन्दा धेरै ट्याक्सीहरु समावेश छन् जसले यसलाई नेपालको सबैभन्दा ठूलो ट्याक्सी नेटवर्क बनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x