Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकोका–कोलाको अन–ग्राउन्ड एक्टिभेसन

कोका–कोलाको अन–ग्राउन्ड एक्टिभेसन


काठमाडौं । पेयपदार्थ कम्पनी कोका–कोलाले कोभिड महामारीको समयमा फ्रन्टलाइनमा रहेर काम गर्ने सम्पूर्ण कर्मचारीहरुप्रति विशेष रुपमा समर्पित अन–ग्राउन्ड एक्टिभेसन सफलतापूर्वक सम्पन्न गरेको छ । आफ्नो नजिकको मान्छेहरु र विशेष गरी महामारीको समयमा अनवरत सेवामा खटिने कर्मचारीहरुप्रति कृतज्ञता ज्ञापन गर्ने मुख्य उद्देश्यको साथ सञ्चालन गरिएको उक्त एक्टिभेसन कार्यक्रम कोका–कोलाको सन २०२१ को दशैँ क्याम्पेनअन्तर्गत धन्यवाद शीर्षकको एक हिस्सा थियो ।

उक्त अन–ग्राउन्ड एक्टिभेसन कार्यक्रमको दौरानमा कोका–कोलाले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (धरान), स्टार अस्पताल (काठमाडौं) र ह्याम्स अस्पताल (काठमाडौं) लगायत नेपालको प्रमुख पाँच कोभिड अस्पतालहरुसँग आबद्ध भएको थियो । यस्तै एम्बुलेन्स सेवा प्रदायक ‘नेपाल एम्बुलेन्स सेवा’, ‘वुमन फर ह्युमन राइट्स’ र क्रिएसन इनको सन्जालअन्तर्गत फोहोर व्यवस्थापनमा संलग्न कामदारहरु लगायत महामारीको समयमा उल्लेखनीय योगदान पु-याउने अन्य १३ गैर–सरकारी संस्थाहरुसँग पनि कोका–कोलाले सहकार्य गरेको थियो । यो क्याम्पेनको दौरानमा कोका–कोलाले अग्रपंक्तिमा रहेर काम गर्ने सेवा प्रदायकहरुलाई उपहारको रुपमा उनीहरुको नाम छापिएको कोक बोटल र कोका–कोला कन्टोर ग्लास भएको पर्सनलाइज्ड धन्यवाद गिफ्ट बक्स प्रदान गरेको थियो ।

आफ्नो कठिन समयमा साथ दिने साथी/नातेदारलाई ‘धन्यवाद’ लेखिएको कोकको बोटलको साथमा आभार व्यक्त गर्न आफ्नो उपभोक्तालाई हौसला र प्रोत्साहन दिने उद्देश्यको साथ कोका–कोलाले गत सेप्टेम्बरमा धन्यवाद शीर्षक दशैँ क्याम्पेन ल्याएको थियो । आमा, बुवा, दाजु, भाइ, दिदी, बहिनी, साथी र सेवाकर्मी गरी आठवटा सम्बन्धहरुको लागि धन्यवाद लेखिएको नयाँँ कोक बोटल पनि बजारमा ल्याएको थियो । हाम्रो जीवनमा खास भूमिका निर्वाह गर्ने मानिसहरुलाई समर्पित गर्नको लागि सम्पूर्ण चाडपर्वको अवधिभरि कोका–कोलाको नियमित प्याकेजिङ लेबलको सट्टामा धन्यवाद लेखिएको कोक बोटल वितरण गरिएको थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x