Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगकर्न ब्राण्डका विश्वस्तरीय स्मार्टवाच नेपाली बजारमा

कर्न ब्राण्डका विश्वस्तरीय स्मार्टवाच नेपाली बजारमा


काठमाडौं । अन्तर्राष्ट्रिय ब्रान्ड कर्नले नेपाली बजारमा तीन नयाँ स्मार्टवाच मोडल सार्वजनिक गरेको छ । कम्पनीको नेपालका लागि एक मात्र आधिकारिक आयातकर्ता तथा वितरक क्यामियो इन्टरनेशनल प्रालिले एक कार्यक्रमका बीच नेपालमा नयाँ स्मार्टवाचहरुको घोषणा गरेको हो ।

कर्नका विश्वस्तरीय स्मार्टवाचहरु डब्लूबी ०२, डब्लूबी ०३, डब्लूबी ०५ नेपालमा उपलब्ध भएका छन् । यी स्मार्टवाचहरुमा एमोलेड डिस्प्ले, वाटर प्रुफ फिचर, बिग ब्याट्री क्यापासिटी, नर्डिक सीपीयूलगायतका विशेषता छन् । साथै यसको प्रमुख विशेषतामा तीन सय ६५ दिनको वारेन्टी पनि रहेको छ ।

कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर राज गुप्ताले नेपाली बजारमा विश्वस्तरका गुणस्तरीय एसेसरिजहरु उपलब्ध गराउँदै आएको र अब स्मार्टवाच पनि ल्याएको बताए । ‘हामीले कर्नका विश्वस्तरीय स्मार्टवाचहरु नेपाली बजारमा ल्याएका छौँ । सुपथ मूल्यमा उच्चस्तरका विभिन्न फिचरहरु भएको स्मार्टवाचले नेपालीहरुलाई आकर्षित गर्नेछ’, उनले भने, ‘हामी कर्नका उत्पादनहरु बेच्ने मात्र नभई ग्राहकहरुको ध्यान र सन्तुष्टिलाई समेत ध्यान दिने गरेका छौँ ।’

कम्पनीले नेपाली बजारमा आएका तीन मोडलका स्मार्टवाचहरुको मूल्य डब्लूबी ०२ को सात हजार नौ सय ९९ रुपैयाँ, डब्लूबी ०३ को ८ हजार एक सय ९९ रुपैयाँ र डब्लूबी ०५ को ११ हजार नौ सय ९९ रुपैयाँ तोकिएको जनाएको छ । सन् २०१८ मा सुरु भएको कर्न ब्रान्ड विश्वका ३७ भन्दा बढी देशहरुमा बिक्री हुँदै आएको छ । नेपालसहित विश्वका अन्य देशहरु इजिप्ट, बंगलादेश, श्रीलंका, क्यानाडा, रसिया, इजरायल, म्यानमारलगायतका देशहरुमा उपलब्ध छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x