Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान

खुकुरी रमको नयाँ प्याकेजिङका ५ विशेषताले तान्यो ग्राहकको ध्यान


काठमाडौं । अन्तर्राष्ट्रियस्तरको अनुभव र नेपालीहरुको मौलिकपन तथा परम्परालाई समेत फ्युजन हुने गरी एक विशेष अनुभूति दिलाउने गरी तयार भएको खुकुरी रमको नयाँ प्याकेजिङको आकर्षक स्वरुपले रम पारखीहरुको ध्यान तान्नथालेको छ ।

विगत ६२ वर्षदेखि खुकुरी रमलाई आफ्नो हृदयनजिक राखेका ग्राहकहरुले अन्तर्राष्ट्रियस्तरको स्वरुपमा तयार भएको नयाँ प्याकेजिङको विषयमा उत्साहजनक प्रतिक्रियाहरु दिइरहेका देशभर छरिएका रहेका रमका बिक्रेताहरुले बताएका छन् । रम पारखीहरुमा खुकुरीको नयाँ र आकर्षक प्याकेजिङमा समेटिएका मुख्य विशेषताहरुको विषयमा समेत कौतूहल देखिएको छ । किनभने, नयाँ प्याकेजिङमा नेपालको मौलिकताबाट प्रेरित भएर केही नवीन र पृथक् विशेषताहरु थपिएका छन् ।

द नेपाल डिस्टिलरिजका महाप्रबन्धक सुभास लामिछानेका अनुसार रमको नयाँ बोटलको बिर्को समात्दा नेपाली वीरताको प्रतीक खुकुरीको बिँड समातेको भान हुन्छ । यो बिर्को पुनः प्रयोग गर्न नसकिने गरी तयार गरिएको छ । यस्तै, खुकुरीको आकारबाट प्रेरित नयाँ वर्डमार्क समेत तयार गरिएको छ । यसले हाल चल्तीमा रहेको लोगोको सारलाई समेट्दै नेपालीहरुको सरल तथा दृढ स्वभावलाई दर्शाउने लामिछाने बताउँछन् । रमको नयाँ प्याकमा रातो घेरामा अंकित सगरमाथाको शिखर, शिखरमा उदाएको सूर्य र सूर्यको अगाडि रहेको गोर्खालीहरुको शक्तिको प्रतीक खुकुरीले नेपाली मौलिकता र सम्पदालाई दर्शाउने उनले बताए ।

यस्तै, स्वदेशी नेपाली मास्टर ब्लेन्डरको हस्ताक्षरयुक्त यो प्याकेजिङले स्वदेशी तथा विदेशी उपभोक्ताहरुलाई शतप्रतिशत नेपाली मौलिकता तथा गुणस्तरको विश्वास समेत दिलाउने उनको तर्क छ । नयाँ प्याकमा एकअर्काको पूरकको रुपमा रहेको खुकुरीले नेपालीहरुको शक्ति, दृढता तथा वीरतालाई दर्शाउने र ‘फ्रम द टप अफ द वर्ल्ड’ शब्दले यसको उद्गमस्थल विश्वको शिखरमा रहेको समेत जनाउने बताइएको छ ।

खुकुरी रमको नयाँ प्याकका यिनै पाँच विशेषताका कारण ग्राहकहरु उत्साहित देखिएका बिक्रेताहरु बताउँछन् । उनीहरुले खुकुरी रमले नयाँ प्याकमा पृथक् प्रयोग गरेर आफ्ना ग्राहकहरुका लागि यसलाई अझ विशेष बनाउने काम गरेको बताउँछन् । उनका अनुसार नयाँ प्याकमा समेत खुकुरी रमको उही पुरानै उत्कृष्ट स्वाद कायमै राखिएको छ । यसको गुणस्तरीयता र रम पिउँदा हुने अनुभूतिमा कुनै फरकपना नआओस् भन्ने विषयलाई विशेष रुपमा ध्यान दिइएको उल्लेख गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x