Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोको स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्म अनुकूलन

ओप्पोको स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्म अनुकूलन


काठमाडौं । क्वाल्कम स्न्यापड्रागन टेक समिट २०२१ मार्फत ओप्पोले स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित आफ्नो आगामी फ्ल्यागशिप स्मार्टफोन सन् २०२२ को पहिलो त्रैमासिकमा विश्वव्यापी रुपमा सार्वजनिक गर्ने घोषणा गरेको छ । यससँगै, नयाँ स्न्यापड्रागन प्ल्याटमर्फ अनुकूलन गर्ने ओप्पो पहिलोमध्येको एक कम्पनी हुनेछ । साथै, फाइभजीको विकासमा तीव्रता र स्मार्टफोन नवप्रवर्तनको भविष्य अन्वेषणका लागि ओप्पोले क्वाल्कमसँगको सहकार्यलाई निरन्तरता दिने जानकारी दिएको छ ।

‘क्वाल्कम र ओप्पोबीचको गहिरो सहकार्यमार्फत हामीले फ्ल्यागशिप स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मद्वारा सञ्चारित फाइन्ड एक्सथ्री सिरिज र रेनोसिक्स सिरिजसहित विभिन्न फाइभजी स्मार्टफोनहरु बजारमा सार्वजनिक गरिसकेका छौँ’, ओभरसिज सेल्सका लागि ओप्पोका उपाध्यक्ष स्कट च्याङ्ले भने, ‘स्न्यापड्रागन ८ जेन १ मोबाइल प्ल्याटफर्मको नयाँ पुस्ता सार्वजनिक भएकोमा हामी निकै हर्षित छौँ । यसले नयाँ पुस्ताका फ्ल्यागशिप स्मार्टफोनहरुका लागि बृहत् सुधारसहित शक्तिशाली कार्यसम्पादन क्षमता भित्र्याउनेमा हामी विश्वस्त छौँ ।’ आफ्नो ब्राण्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वल्र्ड’लाई ध्यानमा राखी, वर्षौँदेखि ओप्पो मानवकेन्द्रित दृष्टिकोणमा आधारित विकास तथा अन्वेषणका लागि प्रतिबद्ध रहँदै आएको छ ।

फाइन्ड एक्सथ्रीमा उपलब्ध ओप्पोको स्वामित्वमा रहेको फुल–पाथ कलर म्यानेजमेन्ट सिस्टमले समग्र डिस्प्लेको गुणस्तरमा उत्कृष्टता मात्र नभई कलर डिफिसियन्सी भएका मानिसका लागि कलर भिजन इन्ह्यान्समेन्ट सुविधा उपलब्ध गराउँदै आफ्ना विश्वव्यापी उपभोक्ताका लागि अभूतपूर्व ग्राफिक्स पनि उपलब्ध गराएको छ ।

फाइभजी सञ्जालको व्यवसायीकरणदेखि नै विश्वव्यापी रुपमा यसको लोकप्रियताले गति पाएको छ । विश्वकै चौथो ठूलो स्मार्टफोन ब्राण्डका रुपमा ओप्पोले क्वाल्कमलगायत अन्य औद्योगिक पार्टनरहरुसँग सहकार्य गर्दै फाइभजी एसए नेटवर्कको निर्माण प्रवद्र्धनका साथै विश्वभर फाइभजीको व्यवसायीकरणलाई गति प्रदान गरिरहेको छ । सटिक रुपमा भन्नुपर्दा युरोपमा एसए नेटवर्कको व्यवसायीकरणका लागि स्न्यापड्रागन मोबाइल प्ल्याटफर्मको प्रयोग गर्ने ओप्पो नै पहिलो कम्पनी थियो ।

हालसम्म आइपुग्दा ओप्पोले विश्वभरका ८० भन्दा बढी प्रमुख मोबाइल नेटवर्क अपरेटर्ससँग सहकार्य गर्दै तीमध्ये ४० भन्दा बढीलाई फाइभजी सेवा वितरणका लागि ओप्पोसँग आबद्ध गरिसकेको छ । यी संयुक्त पहलहरुमार्फत युरोप, ल्याटिन अमेरिका र साउथ अफ्रिका जस्ता क्षेत्रीय बजारमा व्यवसाय विकासमा उल्लेख्य सहयोग प्रदान गरेको छ । कम्पनीका अनुसार क्षेत्रीय फाइभजी तैनाथीमा हात परेको यो सफलता क्वाल्कमजस्ता अग्रणी प्राविधिक पार्टनरहरुको सहकार्यविना सम्भव थिएन ।

भविष्य नियाल्दा ओप्पोले अनुमति प्रदान गर्ने, पारस्परिकतामा विश्वास गर्ने र विन विन परिस्थिति सिर्जना गर्ने कार्यलाई निरन्तरता दिने बताइएको छ । कम्पनीले थप अग्रणी औद्योगिक साझेदारहरुसँग सहकार्य गर्दै सक्रियरुपमा आफ्ना विश्वव्यापी प्रयोगकर्तालाई अझ उत्कृष्ट उत्पादन र अनुभव प्रदान गर्न अत्याधुनिक प्रविधि तथा अनुप्रयोगहरुको अन्वेषण गर्नेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x