Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीले ल्यायो मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज

रियलमीले ल्यायो मुरारका ग्रुपसँग मिलेर नेपालमा नार्जो सेरिज


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले मुरारका ब्रान्डसँग मिलेर नेपालमा नार्जो सेरिज ल्याएको छ । रियलमीले स्ट्राटेजिक पार्टनर मुरारका ग्रुपसँग मिलेर नार्जोको लेटेस्ट लाइन–अप नार्जो फिफ्टी सेरिजः नार्जो ५० आई र नार्जो ५० बजारमा ल्याएको हो ।

कम्पनीका अनुसार कुनै पनि फिचरहरुमा सम्झौता नगरी आफ्नो बजेटमा सबैभन्दा उत्कृष्ट गेमिङ पर्फर्मेन्स भएको फोन किन्न चाहने युवा पुस्ताको लागि यी फोनहरु निर्विकल्प छनोट हुन् । नार्जो ५० आई र नार्जो ५० ए सार्वजानिक कार्यक्रममा मुरारका ग्रुपका डिरेक्टर शिरिष मुरारकाले उपभोक्ताहरुलाई बेस्ट इन क्लास उत्पादनहरु दिने कम्पनीको लक्ष्य रहेकोले नार्जोका सेरिज बजारमा ल्याएको बताए । यी दुई फोनहरुको आगमनसँगै रियलमीले नेपाली युवाको गेमिङ अनुभवलाई अझ निखार्दै थप नेपाली प्रयोगकर्ताहरुको मन जित्ने लक्ष्य लिएको छ ।

रियलमी नार्जो ५० ए : कम्पनीका अनुसार यो स्मार्टफोन मिडिया टेक हेलियो जी ८५ चिपसेट र २.० गिगाहर्जको शक्तिशाली अक्टा–कोर प्रोसेसर भएको पर्फर्मेन्स टाइटन गेमिङ सेग्मेन्टमै एक उत्कृष्ट फोन हो, जसमा पर्याप्त पावर हुने हुँदा प्रयोगकर्ताले आरामले गेम खेल्न सक्नेछन् । यो सेग्मेन्टमै सबैभन्दा शक्तिशाली ५० एमपी ट्रिपल एआई क्यामरा भएकोले गर्दा यसलाई यसको प्रतिस्पर्धीहरु भन्दा एक कदम अगाडि बनाएको छ । यसमा भएको प्राइमरी क्यामराले लार्ज एरियामा भएको अब्जेक्टहरुलाई पनि प्रशस्त प्रकाश प्रदान गरी उज्यालो र चहकिलो तस्बिरहरु लिन्छ । साथै यसको म्याक्रो लेन्समा भएको सुपर क्लोज फोकस डिस्ट्यान्सले प्रयोगकर्ताहरुलाई क्लोज डिटेलको साथ म्याक्रो फोटोग्राफी गर्न सजिलो बनाउँछ । यस श्याम–श्वेत लेन्स पनि छ जसले पोट्रेट फोटोहरुमा विशेष आर्टिस्टिक इफेक्ट दिन्छन् ।

साथै यसको अगाडिपट्टि रहेको एआई ब्युटी, पोट्रेट मोड र अन्य फिचर्सयुक्त हाई डेफिनिसन ८ एमपी क्यामराले उत्कृष्ट फोटोहरु खिच्न सक्छ । यसमा भएको ६००० मेगाहर्जको ब्याट्रीले प्रयोगकर्तालाई स्ट्यान्ड–बाइ मोडमा ५३ दिनसम्म नन–स्टप चलाउने सुविधा दिन्छ । साथै यसमा स्पेसल ओटीजी रिभर्स चार्ज र १८ वाट फास्ट चार्ज पनि रहेको छ । १६.५ सेन्टिमिटर (६.५’) को मिनी ड्रप डिस्प्ले भएको रियलमी नार्जो ५० ए मा अडिओ र भिडिओको आनन्द लिँदै मजाले गेम खेल्न सकिन्छ ।

सर्वाधिक रुचाइएको ट्रेन्डी डायगोनल स्ट्राइप डिजाइनयुक्त यस फोनमा इन्स्ट्यान्ट फिंगर प्रिन्ट सेन्सर र फेसियल रेकग्निसन रहेको छ । यसले गर्दा यसलाई सजिलै सिंगल क्लिक अथवा सिंगल ग्ल्यान्समा अनलक गर्न सकिन्छ । साथै यसमा तीनवटा कार्ड स्लट भएकोले दुईवटा सिम कार्ड र एउटा मेमोरी कार्ड (१२८ जीबीको) राख्न सकिन्छ, जुन २५६ जीबीसम्म एक्स्पान्ड गर्न सकिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x