Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेल र राकुटेन भाइबरबीच साझेदारी

एनसेल र राकुटेन भाइबरबीच साझेदारी


काठमाडौं । एनसेल आजियाटा लिमिटेड र राकुटेन भाइबरले एनसेलका ग्राहकहरुलाई विशेष डाटा प्याकेज प्रदान गर्न साझेदारी गरेको छ । यस समझदारीअन्तर्गत ग्राहकले धेरै रुचाएका चार प्याकहरु हिरो प्याक, ननस्टप युट्युब, ट्रिपल मजा र एसएमएस प्याकको खरिदमा ग्राहकले अब भाइबर चलाउनका लागि थप छुट्टै डाटा निःशुल्क पाउनेछन् ।

कम्पनीका अनुसार यी प्याकहरुका साथ भाइबर म्यासेजीङ्का लागि पाइने डेटामा कुनै अतिरिक्त शुल्क लाग्दैन र पहिलेदेखिकै प्रिपेड र पोस्टपेड डाटा प्याकेजमा वैकल्पिक ‘एड–अन’को रूपमा उपलब्ध रहेका छन् । यो नयाँ अफरसँगै अब भाइबरका सुविधाहरू जस्तै भाइबर म्यासेजीङ्, स्टीकर, नयाँ अगमेन्टेड रियालिटी (एआर) लेन्सहरू प्रयोग गर्नका लागि थप डेटामा एनसेलका ग्राहकहरुको पहुँच सुनिश्चित भएको छ । भाइबरले प्रयोगकर्ताको डाटा गोपनीयता संरक्षण गर्न सुरक्षा पनि परिस्कृत गरेको छ ।

त्यसैगरी, एनसेल ग्राहकहरुले भाइबरको स्टिकरहरुमा निःशुल्क पहुँच पाउँछन् र खरिद गरेपछि मात्र पाइने ‘पेड स्टिकर प्याक’ पनि विशेष गरी एनसेल ग्राहकका लागि निःशुल्क उपलब्ध छ । एनसेलले पहिले नै भाइबरमा आफ्ना ग्राहकहरूका लागि समर्पित समुदाय र डिजिटल बट सेवा उपलब्ध गराउँदै आएको छ । यस साझेदारीले निकट भविष्यमा अगमेन्टेड रियालिटी (एआर) मा आधारित लोकजाइज्ड भाइबर लेन्सको पनि सुरुवात पनि गर्ने बताइएको छ । ग्राहकहरूले एनसेल एप, आफूलाई पायक पर्ने एनसेलको प्वाइन्ट अफ सेल्स, एनसेल सेन्टर वा एस्ट्रिक१७१२३ह्यास डायल गरेर कुनै एक डाटा प्याक सुचारु गरी यो सुविधा लिन सक्छन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया