Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योग‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न

‘द ब्रिटिस कलेज जब फेयर–२.०’ सम्पन्न


काठमाडौं । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त शैक्षिक संस्था द ब्रिटिस कलेज (टीबीसी)ले जब फेयर सम्पन्न गरेको छ । बुधबारबाट थापाथलीस्थित कलेज परिसरमा सुरु भएको ‘टीबीसी जब फेयर– २.०’ बिहीबार सम्पन्न भएको हो ।

जब फेयरमा प्रतिष्ठित राष्ट्रिय तथा बहुराष्ट्रिय गरी ४१ कम्पनीहरुको सहभागिता रहेको थियो । साथै ४ सय भन्दा बढी रोजगारीका लागि विद्यार्थीहरुले अन्तक्रिया र अन्तर्वार्ता दिएका थिए । कलेजको पूर्वविद्यार्थीहरुसँगै स्नातक तहको अन्तिम वर्षमा अध्ययनरत बीबीए, बीएस्सी (हन्स) कम्प्युटिङ तथा एसीसीएका साथै स्नातोकोत्तर तहको एमएससी आईटी, एमबीए तथा एमआईबीएम तहका विद्यार्थीहरु पनि जब फेयरमा सहभागी भएका थिए । जब फेयरमा उत्पादन, रिटेल, अकाउन्टिङ, सूचना प्रविधि तथा बिभिन्न क्षेत्रमा काम गर्दै आएका कम्पनीहरुको उपस्थिति थियो ।

जब फेयरबारे कलेजका एडमिसन तथा मार्केटिङ हेड अमरदिप मण्डलले रोजगारी गर्न चाहने सबै इच्छुक विद्यार्थीहरूको लागि रोजगारी खोज्न मद्दत गर्दै आइरहेको जानकारी दिए । त्यस्तै, कलेजका स्टुडेन्ट सर्भिस र इन्टर्नसिप विभागका प्रमुख सुनिल श्रेष्ठले विद्यार्थीहरूले स्नातक गरेपछि सिधै काममा जाने अवसर पाउँछन् भन्ने कुरा सुनिश्चित गर्न र उनीहरूको रोजगारी क्षमता र सीपहरू सुधार गर्न फ्रोक्स जबसँग साझेदारी गरेको बताए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x