Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगव्यवसायीको गुनासो, ‘सवारीसाधन पैठारीमा अप्ठ्यारो भयो’

व्यवसायीको गुनासो, ‘सवारीसाधन पैठारीमा अप्ठ्यारो भयो’


काठमाडौं, माघ २१
नाडा अटो मोबाइल्स एसोसिएसन अफ नेपालले एजेन्सी नवीकरणमा विभिन्न समस्याहरु आउँदा सवारीसाधन पैठारीमा अप्ठ्यारो भएको बताएको छ । नाडा प्रतिनिधिमण्डलले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. वैकुण्ठ अर्यालसँग भेटी सवारीसाधन पैठारीकर्ताहरुले आफ्नो एजेन्सी वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा समेत दर्ता गर्नुपर्ने विषयमा विस्तृत छलफल गरेको नाडाले जनाएको छ ।

उक्त भेटघाटको क्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले विभागमा एजेन्सी दर्ता तथा नवीकरण गर्दा पुराना विभिन्न ऐनले समस्याहरु आइपरेको बताए । एजेन्सी दर्ता तथा नवीकरण नहुँदा सवारीसाधन पैठारी गर्दा अप्ठ्यारो परेको हुनाले व्यवसायलाई सहजीकरण गरिदिन विभागसँग आग्रह समेत गरे । उक्त छलफलमा उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा र केन्द्रीय कार्यसमिति सदस्य निराकार श्रेष्ठले त्यसबारे थप स्पष्ट पारेका थिए ।

छलफलको क्रममा उद्योग वाणिज्य तथा आपूर्ति सचिव अर्यालले यसबारे केही दिनभित्रै नेपाल राष्ट्र बैंक, वाणिज्य, आपूति तथा उपभोक्ता हित संरक्षण विभाग र भन्सार कार्यालयहरुसँग छलफल गरी व्यवसायीहरुको सहजीकरणका लागि निर्णय गरिने जानकारी दिए । उक्त छलफलमा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलाललगायत नाडाका उपाध्यक्षद्वय करण चौधरी, आकाश गोल्छा महासचिव सुनिल रिजाल र केन्द्रीय कार्यसमिति सदस्य अभिक ज्योति, निराकार श्रेष्ठ तथा शुभाशीष थपलिया समेतको उपस्थिति रहेको थियो । त्यसैगरी सो छलफलमा विभागका निर्देशकहरुको समेत उपस्थिति थियो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया