Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल आउने तयारीमा फोटोनको लाइट ट्रक अमार्क

नेपाल आउने तयारीमा फोटोनको लाइट ट्रक अमार्क


काठमाडौं । नेपालका लागि फोटोनको आधिकारिक बिक्रेता एमएडब्लु वृद्धिले लाइट ट्रक सेग्मेन्टमा फोटोन अमार्क मार्च महिनामा नेपालमा ल्याउने तयारी गरेको छ । एमएडब्लु वृद्धिले मार्चको पहिलो साता फोटोन अमार्क नेपालमा ल्याउने जानकारी दिएको छ । पूर्वाधार निर्माणको दायरा फराकिलो भएसँगै नेपालमा विभिन्न ब्रान्डका ट्रकहरु बिक्री वितरण हुँदै आएका छन् ।

कुनै समय सीमित व्यवसायीहरूले मात्र प्रयोग गर्ने ट्रक अब सबै प्रकारका व्यवसायमा प्रयोग हुनथालेको छ । ट्रक भन्नेबित्तिकै ठूला र धेरै भारवहन गर्नसक्ने साधनको रुपमा आम मानिसले बुझ्दै आएको पाइन्छ । तर, अहिले बजारमा लाइट ट्रक सेग्मेन्टमा उपलब्ध साधनमा धेरै व्यवसायीले रुछि देखाउन थालेका छन् । फोटोनको आउँदै गरेको अमार्क ट्रक उत्कृष्ट पावर र आकर्षक डिजाइनको लागि चर्चित रहेको छ । फोटोन अमार्कमा क्याबिनको डिजाइन पनि उत्कृष्ट रहेको छ । यसलाई फोटोनले अत्याधुनिक फिचरले सुसज्जित रहेको छ । यो ट्रकमा २.८ लिटर क्षमताको टर्बो चाज्र्ड डिजेल, वाटर कुलिङ इन्जिन दिइएको छ । यसको रेटेड पेलोड क्यापासिटी भने ३७ सय ३० किलो छ । यसमा रहेको इन्जिनले अधिकतम १०२ हर्सपावर र २२५ न्यूटन मिटर टर्क जेनरेट गर्छ ।

नेपालका लागि फोटोन मोटर ग्रुपको आधिकारिक बिक्रेता एमएडब्लू वृद्धि कमर्सियल भेहिकल प्रालिले पिकअप टुनल्यान्ड ई, पिकअप टुनल्यान्ड एस, १९–सिट क्षमताको भ्यान भ्यु सीएस२ एल, १६–सिट क्षमताको भ्यान भ्यु सीएस२ र १५–सिट क्षमताको भ्यान भ्यु सी २ का साथै विभिन्न प्रकारका एम्बुलेन्स बेच्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया