Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगह्वावेको नयाँ स्मार्टफोनमा ह्वावे वाई सिक्स एस सार्वजनिक

ह्वावेको नयाँ स्मार्टफोनमा ह्वावे वाई सिक्स एस सार्वजनिक


काठमाडौं, माघ २३
ह्वावेले आफ्नो लोकप्रिय वाई सिरिजअन्तर्गत नयाँ स्मार्टफोनमा ह्वावे वाई सिक्स एस सार्वजनिक गरेको छ । वाई सिक्स एसको ६.०९ ईन्चको एचडी डिस्प्ले, शक्तिशाली कार्यक्षमता र बढाइएको मेमोरी क्षमतासहित यो स्मार्टफोन निकै आकर्षक रहेको छ । वाई सिरिजअन्तर्गतका अघिल्ला स्मार्टफोनहरूजस्तै वाई सिक्स एस सुलभ दाममा खरिद गर्न सकिने, सर्वोत्कृष्ट गेमिङ तथा फोटोग्राफी विशेषता र विशिष्ट अडियो तथा भिडियो विशषेताहरू रहेका छन् ।

वाई सिक्स एस कालो र नीलो गरि दुई वटा रंगहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । ह्वावे वाई सिक्स एसमा ३ जीबी मेमोरी, ६४ जीबी स्टोरेज क्षमता र ५१२ जीबीको मेमोरी कार्ड राख्न मिल्ने सुविधा पनि रहेको छ । कम्पनीका अनुसार ह्वावे वाई सिक्स एसमा हार्डवेयर तथा सफ्टवेयरको सर्वोत्कृष्ट समायोजन रहेको छ । यसमा बिस्तारित २.३ जीएचजेड लार्ज कोरहरूसहितको नयाँ अक्टा–कोर प्रोसेसर र इन्टेलिजेन्ट ईएमयूआई ९.१ सिस्टममा संचालन हुन्छ । ब्याकग्राउन्डमा चल्ने सिस्टम क्यासलाई स्वतः हटाउँछ ।

जब स्मार्टफोनको स्टोरेज ३० प्रतिशतभन्दा तल झर्छ तब सिस्टमले आफैँ प्रयोगकर्तालाई अनावश्यक फाइलहरू हटाउन रिमाइन्ड गर्दछ । ईएमयूआई ९.१ ले सजिलै चलाउनका लागि नेभिगेशन जेस्चरहरूको पनि सुविधा प्रदान गर्दछ । यसको १५६०×७२० रेजलुशनसहितको ६.०९ ईन्चको एचडी डिस्प्ले रहेको कम्पनीले जनाएको छ । यसमा रहेको फ्रन्ट क्यामरा, एम्बियन्ट लाईट सेन्सर, सुपरस्लीम रिसिभरसबै सानो आकारको नोचमा रहेको छ । कम्पनीका अनुसार वाई सिक्स एसमा आँखाका लागि सहज हुने विशेषता आई कम्फर्ट मोड रहेको छ र यसको लो ब्लु लाईटका लागि टियूभी रेइनल्यान्डबाट प्रमाणित भएको छ । यसले घातक ब्लु लाईटलाई फिल्टर गर्दछ र इन्टेलिजन्ट तरिकाबाट कलर टेम्परेचर एड्जष्ट गरी दृष्टि थकान हुन दिँदैन ।

ह्वावे वाई सिक्स एसमा भएको १३ एमपी रियर क्यामराले हाई रेजलुसनसहितको एकदमै स्पष्ट फोटो खिच्ने गर्दछ । यस स्मार्टफोनमा भएको एफ १.८ एपर्चर लेन्सले सुधारिएको लाइट सेन्सिभिटी रहेको छ, जसमा अन्य बजेट फोनहरू भन्दा निकै उत्कृष्ट क्षमता रहेको छ । यसमा ८ एमपीको फ्रन्ट क्यामरा रहेको छ । स्क्रीन लाईटयुक्त यस स्मार्टफोनमा फोटोग्राफीका हिसाबले सबैभन्दा अनुपयुक्त अवस्थामा पनि क्यामराको क्षमतालाई बढाई उत्कृष्ट फोटो खिच्ने गर्दछ । ह्वावे वाई सिक्स एसमा रहेको सुपरसाउन्ड टेक्नोलोजीले यसमा रहेको स्पीकर भोल्युमलाई ६ डीबीले बढाउँछ र साउन्डको प्रेसर लेभललाई बढाउँछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x