काठमाडौं । २०१७ बाट आफ्नो यात्रा सुरुवात गरेको अनलाइन भुक्तानी सेवा प्रदायक ‘खल्ती’ले आफ्नो पाँचौँ वार्षिकोत्सव मनाएको छ । हरेक नेपाली घर परिवारको दैनिक भुक्तानीहरू डिजिटाइज गर्ने लक्ष्य लिएर अघि बढिरहेको ‘खल्ती’ले दैनिक लाखौँ मानिसहरुको जीवन सहज गर्दै आएको छ ।
कुनै पनि स्टार्टअप कम्पनीले पाँच वर्ष पूरा गर्नु भनेको जनमानसमा आफ्नो पकड जमाउन र प्रभाव पार्न सफल हुनु रहेको कम्पनीको भनाइ छ । ‘खल्ती’ले पनि आफ्नो पाँच वर्षे लामो यात्रामा यसलाई सत्य साबित गरेको बताएको छ । कम्पनीले आउँदो डिजिटल नेपालको भविष्यको बाटो कोर्ने सम्भावना बोकेको दाबी गरेको छ । कम्पनीका अनुसार युवाहरुमाझ बढी प्रचलित ‘खल्ती’’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । युवाहरुले नै भरिएको मार्केटिङ टिम भएको ’खल्ती’को जानकारी प्रवाह गर्ने माध्यम पनि साधारणतया हुने मार्केटिङभन्दा भिन्न छ ।
खल्तीका प्रमुख कार्यकारी अधिकृत, विनय खड्काले आगामी दिनहरूमा हरेक उमेर समूहलाई ‘खल्ती’ प्रयोग गर्न उत्प्रेरित गर्ने उद्देश्यका साथ ‘खल्ती’लाई अझै सरल र उपयोगी बनाउने हिसाबले थप सेवा सुविधाहरू लिएर आउने जानकारी दिए । खल्तीका चार संस्थापक तथा डाइरेक्टर अमित अग्रवाल हरेक प्रयोगकर्ताको समस्या र आवश्यकता सुनी सोअनुसारको सहज सुविधा ल्याउन प्रयत्नरत रहेको बताउँछन् । हाल दुई सय ३० भन्दा बढी संख्यामा रहेको ‘खल्ती’ परिवारले आफ्नो सफलताको सम्पूर्ण श्रेय आफ्ना प्रयोगकर्ताहरूमाझ समर्पित गर्दै पाँचौँ वार्षिकोत्सवको अवसरमा ‘खल्ती’ले आफ्ना प्रयोगकर्ताहरूका लागि ‘रिफर एण्ड अर्न’को धमाकेदार अफर पनि ल्याएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- दुई हजार २८ अंकमा पुगेर रोकियो सेयर बजार
- चिनियाँ युआनमा भुक्तानी गर्दै भारतीय कम्पनी
- हङकङ पुगेका सीले के भने ?
- आईएमएफद्वारा श्रीलंकालाई समर्थन गर्ने पुनः प्रतिबद्धता
- सीताराम घ्यू अब नयाँ प्याकमा
- त्रिभुवन विमानस्थलबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्ने
- बैंक तथा वित्तीय संस्था परिसंघका प्रतिनिधि र प्रधानमन्त्री देउवाबीच भेटघाट
- बीओके क्यापिटलको प्रमुख कार्यकारीमा तुलाधर
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया