खल्तीको एक रुपैयाँमा फ्लाइट टिकट जित्ने अफर
काठमाडौं । अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी ‘खल्ती डिजिटल वालेट’ले ‘उडान अब मात्र रू. १’ लिएर आएको छ । यसअन्तर्गत फ्लाइट टिकट खरिदमा एक भाग्यशाली विजेताले आइफोन १३ को बम्पर उपहार समेत प्राप्त गर्नेछन् ।
साथै हरेक दिन एक जनालाई एक रुपैयाँमा फ्लाइट टिकट र पाँच जनालाई साप्ताहिक एक लाख खल्ती पोइन्ट्स प्राप्त हुनेछ । ‘खल्ती’ फ्लाइट टिकट बुकिङको लागि सहज प्लेटफर्म भएको छ, जसमा एक हजार दुई सय रुपैयाँसम्मको उच्चतम क्यासब्याक प्राप्त गर्न सकिन्छ । यति मात्र होइन, विभिन्न एयरलाइन्सको फ्लाइट टिकटको मूल्य तुलना गरी तत्काल टिकट बुकिङ गर्न पनि सजिलो भएको कम्पनीको भनाइ छ । यो अफर २३ माघदेखि लागू भई फागुन ३० सम्म चल्ने बताइएको छ । उक्त अफरमा सहभागी हुन प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ । खल्ती अकाउन्ट नभएका नयाँ ग्राहकहरुले पनि खल्ती एप डाउनलोड गरी आफ्नो खल्ती केवाईसी भेरिफाई गरिसकेपछि उक्त अफरमा सहभागी हुन सक्नेछन् ।
‘खल्ती’का प्रमुख कार्यकारी अधिकृत विनय खड्काले हालैको महामारीलाई ध्यानमा राख्दै डिजिटल उडान बुकिङमा थप प्रयोगकर्ताहरूलाई प्रोत्साहन गर्न यो अभियान ल्याएको बताए । ‘यस महामारीको समयमा यात्रुहरूको सुरक्षित यात्रा होस् भन्ने हाम्रो चाहना हो’, उनले भने । ‘खल्ती’, नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नविन पहिचान बोकेको ब्रान्ड हो । २० लाखभन्दा बढी प्रत्यक्ष र लाखौँ अप्रत्यक्ष प्रयोगकर्ताहरुको विश्वास बोकेको ‘खल्ती डिजिटल वालेट’ले बिल भुक्तानी जस्तै मोबाइल र टिभी रिचार्ज, फ्लाइट तथा मुभी टिकट बुकिङ्ग, बीमा प्रिमियम तथा अनलाइन सपिङ्ग साइटमा भुक्तानी गरी ६० हजार सेवाहरुको डिजिटल भुक्तानी तथा रकम आदानप्रदानको सेवा दिँदै आइरहेको छ । यसका साथै विभिन्न क्यासब्याक तथा छुट प्रदान गरी प्रयोगकर्ताहरुलाई समयको साथै पैसाको बचतमा ‘खल्ती’ले योगदान दिँदै आएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- २२ सय बिन्दुमा खुम्चियो सेयर बजार
- क्यानडाद्वारा दुई चिनियाँ कम्पनीलाई आफ्नो फाइभजी नेटवर्कमा प्रतिबन्ध
- अमेरिकामा अर्बौं डलर लगानीमा ब्याट्री प्लान्ट खोल्दै हुन्डाई
- श्रीलंकाको रेमिट्यान्समा उल्लेख्य कमी
- अमेरिकासँग सुसम्बन्ध कायम गर्ने पाकिस्तानका नयाँ विदेशमन्त्रीको चाहना
- बंगलादेशमा गहुँको पीठो १५ वर्षयताकै महंगो
- निक्षेप संकलन र कर्जा प्रवाहमा नेपाल बैंक पहिलो भएको दाबी
- नबिल बैंकको विशेष साधारणसभा :
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
- नागरिक समाज, विकास र जवाफदेहिता
तपाईको प्रतिक्रिया