Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा

सामसङको ग्यालेक्सी एस२२ सिरिज नेपाली बजारमा


काठमाडौं । स्मार्टफोन ब्राण्ड सामसङले नेपालमा आफ्नो सर्वाधिक प्रिमियम ब्राण्डको ग्यालेक्सी एस २२ सिरिज नेपाली बजारमा ल्याएको छ । कम्पनीले ग्यालेक्सी एस २२ अल्ट्रा, ग्यालेक्सी एस २२ प्लस र ग्यालेक्सी एस २२ मोबाइलहरु नेपाली बजारमा ल्याएको हो ।

ग्यालेक्सी एस २२ ले अल्ट्रा प्रिमियम स्मार्टफोनहरुका लागि नयाँ स्तर कायम गर्न एस सिरिजका कार्यक्षमता र प्रो–स्तरको क्यामराका साथमा आइकोनिक एस–पेन र नोट सिरिजको अतुलनीय शक्ति संयोजन गरेको छ । यस्तै आकर्षक एवं दीगो डिजाइनका साथ बनेको ग्यालेक्सी एस २२ प्लस र एस २२ मा प्रत्येक पललाई भव्य बनाउन प्रवीण छवि प्रोसेसरयुक्त अद्भुत क्यामराहरु रहेका छन् । कम्पनीका अनुसार एस २२ अल्ट्रा सामसङको हालसम्मकै सर्वाधिक शक्तिशाली फोन हो । अल्ट्राभित्र रहेको एस पेनले अत्यन्त छिटो, सर्वाधिक रेस्पोन्सिभ रुपमा काम गर्दछ । साथै अल्ट्राले नोटको विरासतलाई निरन्तरता दिएर सिर्जनात्मक हुने र कार्यहरु गर्ने नयाँ शैलीहरु प्रदान गरेको छ । यसमा अद्वितीय क्यामरा लेन्सहरु र धातुको चिल्लो फ्रेम छ ।

ग्यालेक्सी एस २२ अल्ट्राले उज्यालो तथा अँध्यारो दुवै अवस्थामा तत्काल पोस्ट गर्न मिल्ने फुटेजहरु खिच्न सघाउँछ । साथै यो फोन सामसङको हालसम्मकै सर्वाधिक ठूलो पिक्सल सेन्सर २.४ यूएम पिक्सल सेन्सरका साथ निर्माण भएको छ । यस्तै यसमा भिडियो अटो फ्रेमिङ छ भने १०० गुणा स्पेस जूम र शक्तिशाली डुअल टेलि लेन्सयुक्त क्वाडुपल लेन्स क्यामरा पनि रहेको छ । ग्यालेक्सी एस २२ प्लस र एस २२ दुवैमा ५० मेगा पिक्सलको मुख्य क्यामरा जडित छ भनेें ३० गुणा स्पेस जूम भएको १० मेगा पिक्सलको टेलिफोटो लेक्स र १२ मेगा पिक्सलको अल्ट्रा वाइड लेन्स छ । यी सबै तीनवटा उपकरणहरु उन्नत भीडी आईएस प्रविधिका साथ उपलब्ध छन् ।

यस्तै तीनवटै स्मार्टफोनमा पोट्रेट मोड र अटो फ्रेमिङ विशेषताहरु रहेका छन । यी सबै स्मार्टफोनहरु डीएसएलआरजस्तो अनुभव दिलाउन एक्सपर्ट रअ एपका साथ उपलब्ध भएका छन् । १६ बिटसम्मको रअ फम्र्याटमा फोटोहरु राख्न सक्ने क्षमता भएकोले ग्राहकले आफ्ना तस्बिरहरुको सम्पादनहरु गर्दा ज्यादा नियन्त्रण राख्न सक्नेछन् । ग्यालेक्सी एस २२ सिरिज नेपालमा पछिल्लो चार एनएम स्न्यापड्रागन आर आठ जेन एक मोबाइल प्लेटफर्मका साथ उपलब्ध छ, जसले सामसङको सबैभन्दा उन्नत एआई र एमएल प्रोसेसिङलाई शक्ति दिन्छ । यसमा वाइफाइ ६ई पनि छ, जुन वाइफाइ ६ को तुलनामा दुई गुणा बढी छिटो चल्छ, ग्यालेक्सी एस २२ अल्ट्राको शक्तिशाली ब्याट्रीमा चल्ने पावर एकपटकको चार्जबाटै दिनभरभन्दा बढी चल्ने क्षमता राख्दछन् ।

ग्यालेक्सी एस २२ ले ४५ वाटको छिटो चार्जलाई सपोर्ट गर्ने भएकोले १० मिनेटको चार्ज गरेर ५० मिनेटभन्दा बढीको भिडियो छायाँकन गर्न सकिनेछ । ग्यालेक्सी एस २२ अल्ट्रा इमर्सिभ ६.८ इन्च, डाइनामिक एमोलेड दुई एक्स डिस्प्लेका साथ उपलब्ध छ भने ग्यालेक्सी एस २२ र एस २२ प्लस डाइनामिक एमोलेड दुई एक्स डिस्प्लेका साथ एस २२ मा प्रिमियम ६.१ इन्च डिस्प्ले र एस २२ प्लसमा स्पोर्टस ६.६ इन्चको डिस्प्ले जडान गरिएको छ । ग्यालेक्सी एस २२ ले १३०० निट्सको उच्चतम उज्यालोपना प्रदान गर्छ भनें ग्यालेक्सी एस २२ प्लसमा उच्चतम १७५० निट्सको रहेको छ । यस्तै तीनवटै स्मार्टफोनमा भिजन बुस्टर प्रविधि जडान गरिएको छ ।

कम्पनीका अनुसार ग्यालेक्सी एस २२ सिरिजले सामसङको हालसम्मकै सबैभन्दा टिकाउ मोबाइल प्रस्तुत गरेको छ । यस्तै ग्यालेक्सी एस २२ र एस २२ प्लस पहिलो एस सिरिजको मोडलहरु हुन्, जुन सबैभन्दा बलियो आल्मुनियम फ्रेम आरमोर आल्मुनियमबाट बनेको छ । ग्यालेक्सी एस २२ सिरिज पहिलो स्मार्टफोन पनि हो, जसमा न्यू कर्निङ्ग आर, गोरिल्ला आर, ग्लास भिक्टस आर प्लस विशेषता रहेको छ । ग्यालेक्सी एस २२ सिरिजहरु सामसङको शक्तिशाली नोक्स भाउल्ट सेक्युरिटी प्लेटफर्मद्वारा संरक्षित छ, जसमा प्रोसेसर र मेमोरीको सुरक्षा पनि संलग्न छ, यसले फोनको मुख्य अपरेटिङ्ग सिस्टम देखि पासवर्डहरु, बायोमेट्रिक्स वा ब्लक चेन किहरु जस्ता संवेदनशील डाटालाई अलग्गै राखिदिन्छ ।

ग्यालेक्सी एस २२ सिरिजहरुमा ए आरएम माइक्रो आर्किटेक्चर लगायतका केही नयाँ सुरक्षा विधिहरु समाविष्ट छन्, जसले अपरेटिङ्ग सिस्टम र मेमोरीमा लक्षित गरेर गरिने साइबर आक्रमणहरुको बचाउ गर्न मद्दत पुग्छ । साथै यस सिरिजहरुमा भएको सामसङ वालेटले डिजिटल भुक्तानी, आइडि, किइज र एसेट व्यवस्थापनलाई एउटा टुलमा संयोजन गरिदिएर विद्यार्थी परिचयपत्र देखाउनेदेखि उडानअघि ट्राभल डकुमेन्टहरु एकत्रित गर्नेसम्म सबै कामलाई सरल बनाइदिन्छ । यस्तै कम्पनीले ग्यालेक्सी एस २२ सिरिज वातावरणप्रति सचेत नवप्रवर्तनलाई प्राथमिकता प्रदान गरेर डिजाइन गरेको छ ।

सिरिजको कि ब्राकेट र एस पेनको भित्री खोल २० प्रतिशत पुनःप्रशोधित माछा मार्ने जालले बनाइएका छन् भनें प्याकेजिङ्गलाई शतप्रतिशत पुन प्रशोधित कागज र पुनः प्रशोधित प्लाष्टिक प्रयोग गरिएको सुरक्षित फिल्मको प्रयोग गरेर दीगो बनाइएको छ । ग्यालेक्सी एस २२ अल्ट्रा ती प्रकृति प्रेरित रँगहरु फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र बर्गेन्डीमा उपलब्ध छ । यस्तै ग्यालेक्सी एस २२ र एस २२ प्लस फ्यान्टम ब्ल्याक, फ्यान्टम ह्वाइट र हरियो रँगमा उपलब्ध गराइएको छ ।

साथै कम्पनीले यी स्मार्टफोनहरु प्रिअर्डर गर्नेलाई विभिन्न अफरहरु पनि उपलब्ध गराएको छ । अल्ट्राको प्रि अर्डरमा ग्यालेक्सी बड्स दुई सित्तैमा वा ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम २७ हजार रुपैयाँमा वा ग्यालेक्सी वाच ४ ४० एमएम १३ हजार रुपैयाँमा पाउन सकिन्छ । यस्तै एस २२ र ग्यालेक्सी एस २२ प्लसको प्रि अडरमा ग्यालेक्सी बड्स२ तीन हजार रुपैयाँमा वा ग्यालेक्सी वाच ४ क्लासिक ४६ एमएम ३० हजार रुपैयाँमा वा ग्यालेक्सी वाच ४ ४० एमएम १६ हजार रुपैयाँमा किन्न सकिनेछ । प्रि अर्डर अवधि २३ फेब्रुअरीबाट सुरु भएर ९ मार्चसम्म रहने कम्पनीले जनाएको छ ।

साथै फोनमा एक वर्षको ब्रेकेज इन्स्योरेन्सु, हरेक महिना छ हजार तीन सयेको ईएमआई र शून्य प्रतिशत डाउन पेमेन्टमा फोन खरिद गर्ने सुविधा तथा १५ हजार रुपैयाँसम्मको गिफ्ट पनि छ । कम्पनीले १२/५१२ जीबीको ग्यालेक्सी अल्ट्राको मूल्य एक लाख ६९ हजार नौ सय ९९ रुपैयाँ र १२/२५६ जीबीको अल्ट्राको मूल्य एक लाख ५९ हजार नौ सय ९९ रुपैयाँ तोकेको छ । यसैगरी ८/२५६ जीबीको एस २२ प्लसको मूल्य एक लाख २९ हजार नौ सय ९९ रुपैयाँ र ८/२५६ जीबीको एस २२ को मूल्य एक लाख १२ हजार नौ सय ९९ रुपैयाँ तोकेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया