Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक वर्षमा करिब १५ सय निशान म्याग्नाइट बिक्री

एक वर्षमा करिब १५ सय निशान म्याग्नाइट बिक्री


काठमाडौं । नेपालका लागि निशान र ड्याटसनको आधिकारिक बिक्रेता पायोनियर मोटोकर्पले एक वर्षभित्र एक हजार चार सय ९९ वटा निशान म्याग्नाइट नेपालमा बिक्री गरेको छ । कम्पनीले फेब्रुअरी २२, २०२१ मा निशान म्याग्नाइट नेपालमा सार्वजनिक गरेको थियो ।

नेपाल प्रवेश गरेसँगै अहिलेसम्म निशान म्याग्नाइट दुई हजार दुई सय २६ वटा बुकिङ्ग भइसकेको कम्पनीले जनाएको छ । एक वर्षको वार्षिकोत्सव पायोनियर मोटो कर्पका लागि कोशेढुंगा साबित भएको कम्पनीको दाबी छ । कम्पनीका अनुसार एक वर्षको छोटो समयावधिमा नै यो ‘बिग, बोल्ड, ब्यूटिफुल’ एसयूभीलाई नेपाली बजारमा अत्यधिक रुचाइएको छ ।

यसका साथै निशान म्यागनाइटले ‘कम्प्याक्ट एस.यू.भी अफ द इयर’, टप गियर अवार्डस् २०२१, ‘ड भ्यालू फर मनी कार अफ द इयर’का–अटोकार अवार्ड्स ‘अटोमोबाइल ग्याजेट अफ द इयर’, र कार एण्ड बाइक्स २०२१ को विजेता हुनुका साथै सुरक्षा ग्लोबल एनक्यापमा ४ स्टार रेटिङ्ग हासिल गर्न सफल भएको छ । पायोनियर मोटो कर्पका प्रबन्धनिर्देशक सन्दीप कुमार सारडाले निशान म्याग्नाइटको लागि अपार माया र समर्थन देखाएको भन्दै ग्राहकलाई धन्यवाद दिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया