Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङको नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर

सामसङको नयाँ थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटर


काठमाडौं । सामसङले कम्प्याक्ट मोडर्न किचनको लागि डिजाइन गरिएको थ्री डोर कन्भर्टिबल फ्रेन्च डोर रेफ्रिजेरेटरको नयाँ मोडेल उपलब्ध गराएको छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा भएको कन्भर्टिबल अप्सनले ग्राहकहरुलाई आवश्यकताअनुसार एउटा बटन दबाउँदै फ्रिजरलाई फ्रिजमा परिवर्तन गर्नसक्ने सुविधा ल्याएको छ । आकर्षक, कम्प्याक्ट र फ्ल्याट बाहिरी डिजाइनका यी रेफ्रिजेरेटरमा ढोका नखोली रेफ्रिजेरेटरको चिसो तापक्रमलाई कायमै राखेर चिसो पानी निकाल्न मिल्ने गरी वाटर डिस्पेन्सरको सुविधा पनि राखिएको छ । यो स्टाइलिस स्टेनलेस स्टिल फिनिस भएको फ्रेन्च डोर रेफ्रिजेरेटर वाटर डिस्पेन्सरसहित पाँच सय ७९ लिटरमा उपलब्ध छ ।

फ्रेन्च डोर रेफ्रिजेरेटरमा ट्विन कुलिङ प्लस प्रविधि छ, जसले फ्रिज र फ्रिजर खण्डहरुलाई बेग्लाबेग्लै चिसो राख्दै गन्धहरु फैलिनबाट रोक्न र खाद्य सामग्रीहरुको मौलिक स्वाद जोगाइराख्न मद्दत गर्छ । पावर कुल र फ्रिज सुविधा सक्रिय गर्न सजिलो भएकोले तपाईंलाई आवश्यकता पर्दा आइस र चिसो पानी छिटो चाहिँदा कुर्न पर्दैन ।

धेरै फलफूल र सागसब्जीहरु राख्नका लागि यसमा २१.७ लिटर क्षमता भएका ठूलो क्रिस्परहरु र दुई लिटर सहजै अट्ने अत्यधिक ठूलो डोर बिनहरु राखिएका छन् । दुईवटा शेल्फ र चलाउन मिल्ने आइस मेकरसहितको सुविधाजनक फ्रिजर स्टोरेज भएको हुँदा यसमा स्थान अभाव र पहुँचको समस्या हुँदैन । यी नयाँ रेफ्रिजेरेटरहरुमा भएको कम्प्रेसर र डिजिटल इन्भर्टर प्रविधिमा १० वर्षको वारेन्टी अफर दिइएको छ, जसले ५० प्रतिशतसम्म विद्युत् खपत कम गर्छ ।

पाँच सय ७९ लिटरको फ्रेन्च डोर रेफ्रिजेरेटरको नेपाली बजार मूल्य दुई लाख ९९ हजार नौ सय ९० रुपैयाँ रहेको कम्पनीले छ । फ्रेन्च डोर रेफ्रिजेरेटरहरु सामसङ प्लाजा वेबसाइट साथसाथै हिम इलेक्ट्रोनिक्स र त्रिवेणी व्यापारको वितरक सञ्जालमार्फत नेपालभर सम्पूर्ण प्रमुख कन्ज्युमर इलेक्ट्रोनिक्स स्टोरहरुमा उपलब्ध रहेको छ । यो रेफ्रिजेरेटरको कम्प्रेसरमा १० वर्षको वारेन्टी दिइएको छ र ५० प्रतिशतसम्म विद्युत् खपत कम गर्ने डिजिटल इन्भर्टर छ । कम्पनीका अनुसार यस रेफ्रिजेरेटरलाई सफा राख्न यसमा लाग्ने हातका छापहरु र चिह्नहरु हटाउन दिनदिनै सफा गरिरहनुपर्नेछैन ।

यी रेफ्रिजेरेटरहरु छाप प्रतिरोधक फिनिसका साथ उपलब्ध छन्, जसले ढोकाहरुलाई फोहोर दागहरुबाट सुरक्षित राख्छ अनि सफा र दागधब्बारहित बनाउँछ । सामसङ डिजिटल इन्भर्टर कम्प्रेसर धेरै समयसम्म टिक्ने पनि कम्पनीको दाबी छ । साथै यसले ५० प्रतिशतसम्म विद्युत् खपत बचाउँछ । उच्च गुणवत्ताको कम्पोनेन्टहरु भएको इन्भर्टर प्रविधि २१ वर्षसम्म चल्ने क्षमता भएको प्रमाणित भएको र यो १० वर्षको वारेन्टीका साथ उपलब्ध रहेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया