Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगपाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि

पाँचौँ नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव चैत १७ देखि


काठमाडौं । पाँचौं नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आगामी चैत १७ देखि २१ सम्म राष्ट्रिय सभागृह र पर्यटन बोर्डको हलमा भौतिक रुपमा हुने भएको छ । यसअघि चैत १० देखि १४ गतेसम्म हुने भएको उक्त महोत्सव प्राविधिक कारणले मिति परिवर्तन गरिएको सोमबार एक पत्रकार सम्मेलन गरी आयोजकले जानकारी दिएको छ ।

गत वर्ष चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव कोरोनाको कारण अन्तिम समयमा आएर भच्र्युअल रुपमा गरिएको थियो । यस वर्ष पनि कोरोना जोखिमको कारण महोत्सव भर्चुअल गर्ने तयारी गरिएको तर कोरोनाको जोखिम कम हुनुका साथै राज्यले पनि सबै गतिविधिहरुलाई खुला गरेको कारण तयारीको लागि छोटो समय हुँदा पनि भौतिक रुपमा गर्न गइरहेको फेस्टिभल चेयरमेन केपी पाठकले बताए ।

पत्रकार सम्मेलनमा महोत्सवको सहआयोजक नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दहालले राज्य गर्नुपर्ने चलचित्रसम्बन्धी यस्ता अन्तर्राष्ट्रिय महोत्सव निजी क्षेत्रबाट हुनु आफैँमा ठूलो उपलब्धि भएको बताए । उनले बोर्डले निफलाई सरकारीस्तरबाटै सहयोग जुटाउन प्रयत्न गरिरहेको समेत जानकारी दिए ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया