Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोद्वारा आफ्ना नवीनतम उपलब्धिहरू अनावरण

ओप्पोद्वारा आफ्ना नवीनतम उपलब्धिहरू अनावरण


काठमाडौं । बार्सिलोना मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२ को पूर्वसन्ध्यामा, ओप्पोले २०२१ ओप्पो सस्टेनेबिलिटी रिपोर्ट अनावरण गरेको छ । यसमार्फत आफ्ना समग्र उत्पादनहरुको जीवनचक्रमा दिगोपन र पर्यावरणमैत्री अवधारणाहरु एकीकृत गर्दै ओप्पोले आफ्नो ब्राण्ड मिसन ‘टेक्नोलोजी फर म्यानकाइन्ड, काइन्डनेस फर दि वर्ल्ड’लाई निरन्तरता दिइरहेको पुष्टि गरेको छ ।

अन्तर्राष्ट्रिय मान्यता प्राप्त ‘३आर+१डी’ सस्टेनेबल प्याकेजिङ सिद्धान्तहरुको पालना गर्न ओप्पो प्रतिबद्ध रहेको पनि उल्लेख गरेको छ । यसअन्तर्गत प्याकेजिङका लागि लाग्ने वजनमा न्यूनीकरण, रिसाइकल्ड सामग्रीको पुनप्रयोग तथा आफ्नो प्याकेजिङका लागि रिसाइक्लेवल तथा बायोडिग्रेडेबल सामग्रीको प्रयोगलाई कम्पनीले प्रोत्साहन गर्दै निरन्तरता दिइरहेको जनाएको छ । सन् २०२१ मा युरोपेली बजारबाट सुरुवात गर्दै ओप्पोले सन् २०१९ लेभल १ का तुलनामा आफ्ना स्मार्टफोन उत्पादनका लागि प्याकेजिङमा प्रयोग हुने सामग्रीको मात्रामा २४ प्रतिशत कटौती ल्याउन सफल भएको छ । यसमा पनि करिव ४५ प्रतिशत प्याकेजिङका लागि रिसाइकल्ड फाइबरको प्रयोग गरिएको थियो । त्यसैगरी, सन् २०१९ देखि स्मार्टफोनको प्याकेजिङका लागि प्रयोग हुने समग्र प्लास्टिकमा ९५ प्रतिशतले कटौती ल्याउन ओप्पो सफल भएको छ ।

यस्तै कम्पनीले उत्पादनको टिकाउपना बढाउने उद्देश्यका साथ ब्याट्रीको आयु लम्ब्याउन ओप्पोले स्वविकसित ब्याट्री हेल्थ इञ्जिन सार्वजनिक गरेको छ । यस नवप्रवर्तनात्मक प्रविधिमार्फत ब्याट्रीको क्षमता १६ सय चार्जिङ तथा डिस्चार्जिङ साइकलपश्चात् पनि ८० प्रतिशतको हाराहारी उच्चविन्दुमा कायम राख्न सकिन्छ । साथै स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा मोबाइल फोनको रिसाइक्लिङ तथा पुनप्रयोग प्रवर्द्धन गर्न ट्रेड–इन सेवाका लागि ओप्पोले प्रडक्ट रिसाइक्लिङ प्रणालीको स्थापना गरिसकेको छ । यस योजनाअन्तर्गत आजका मितिसम्म आइपुग्दा चीनमा मात्रै १.२ मिलियन फोन्स रिसाइकल्ड गरिसकिएको छ । यो भनेको विद्युतीय रद्दीअन्तर्गत २१६ टनभन्दा बढी हो । दिगोपनाको प्रवर्द्धनका लागि ओप्पोले आफूलगायत अन्य पार्टनर्ससँग पनि नजिक रही कार्यहरु अघि बढाइरहेको जनाएको छ ।

लगातार दुई वर्षका लागि ओप्पोले नेशनल जियोग्राफिकसँग लोपोन्मुख प्रजातिको सुरक्षामा सघाउन ओप्पो इन्ड्यान्जर्ड कलर क्याम्पेनमार्फत पार्टनरशिप गरेको थियो । अग्रणी युरोपेली मोबाइल अपरेटर्सद्वारा मोबाइल फोन्सको पर्यावरणमैत्रीपना मापनका लागि सञ्चालनमा ल्याइएको यो योजनाअन्तर्गत स्थायित्व, मर्मत योग्यता, पुनप्रयोग योग्यता, जलवायु र कार्यदक्षता गरी पाँच महत्वपूर्ण क्षेत्रमा उत्पादनको मापन गरिन्छ । यस्तै ओप्पोले दिगो विकासमा योगदान पु-याउने उद्देश्यका डिजिटल समावेशिता, हेल्थ एण्ड वेलबिइङ तथा युवा सशक्तीकरणलगायत प्रमुख क्षेत्रमा विशेष प्राथमिकताका साथ विभिन्न कार्यहरु गरिरहेको जनाएको छ ।

बार्सिलोनामा ‘शेप दि फ्युचर’ थिमका साथ आयोजना गरिने मोबाइल वर्ल्ड कंग्रेस (एमडब्ल्यूसी) २०२२मा सहभागिता जनाई कम्पनीले आफ्ना नवप्रवर्तनात्मक मोबाइल प्रविधिहरु, एआर र फाइभजीअन्तर्गतका सफलता र दिगोपनाअन्तर्गतका नवप्रवर्तनहरु प्रदर्शित गर्ने जनाएको छ । एमडब्ल्यूसी बार्सिलोनामा सोमबारदेखि मार्च ३ सम्म हल थ्री, फिरा ग्रानमा ओप्पो बुथ ३एम१० मार्फत ओप्पोले आफ्नो सहभागिता जनाएको जानकारी दिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया