Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगमेरिना इम्पेक्सको ४०औँ वार्षिकोत्सव

मेरिना इम्पेक्सको ४०औँ वार्षिकोत्सव


काठमाडौं । सर्टिङ सुटिङ र टेलरिङमा आफ्नो छुट्टै पहिचान बनाएको मेरिना इम्पेक्सले ४०औँ वर्षगाँठ मनाएको छ । विगत ४० वर्षदेखि यस क्षेत्रमा नौलो पहिचान बनाएको इम्पेक्सले आफ्ना ग्राहकको सुविधालाई प्राथमिकतामा राख्दै आएको जनाएको छ ।

मेरिना इम्पेक्सले समय समयमा आफ्ना ग्राहकका लागि विभिन्न योजना तथा अफरहरू समेत सार्वजनिक गर्नेगरेको छ । ग्राहककै सुविधा र स्वास्थ्यलाई मध्यनजर गर्दै इम्पेक्सले महामारीको समयमा पनि होम सर्भिसमार्फत आफ्नो कामलाई निरन्तरता दिएको थियो ।

वर्षगाँठको अवसरमा इम्पेक्सका निर्देशक अर्जुन बस्नेतले आफूहरू सदैव ग्राहकको सुविधाका लागि अग्रसर रहेको जनाउँदै आउँदो दिनहरूमा समेत इम्पेक्सले ग्राहकका लागि विभिन्न सेवा सुविधा र अफरलगायतका कार्यक्रम तयार पारेको बताए । इम्पेक्सले हाल न्यूरोड, बागबजार, गावाहाल पाटन र सामाखुशीबाट आफ्नो सेवा प्रदान गर्दै आइरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x