Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगभायानेटले मिदास ई—क्लाससँग सहकार्य गर्ने

भायानेटले मिदास ई—क्लाससँग सहकार्य गर्ने


काठमाडौं । इन्टरनेट सेवा प्रदायक भायानेटले विद्यालयका विद्यार्थीहरूको डिजिटल सिकाइ अनुभवलाई गति दिने आशाका साथ नेपालमा ई–लर्निङको सुरुवातकर्ता मिदास ई–क्लाससँग साझेदारी गरेको छ । यो सहकार्यसँगै भायानेटका सबै ग्राहकहरूले मिदास ई–क्लास एक महिना निःशुल्क चलाउन पाउने भएका छन् ।

नर्सरीदेखि कक्षा १० सम्मका लागि सरकारद्वारा प्रमाणित पाठ्यक्रम रहेको मिदास ई–क्लास एन्ड्रोइड मोबाइल र ल्यापटपमा वेबसाइटमार्फत प्रयोग गर्न सकिन्छ । विभिन्न ट्युटोरियल भिडियोहरू, क्विजहरू र विभिन्न अन्तरक्रियात्मक कार्यक्रमहरू रहेको यो सेवाले अनलाइन सिकाइलाई अझ सहज र रमाइलो बनाउने जनाइएको छ  ।

मिदास ई–क्लासमा लाइभ ट्युटोरिङको विशेष सुविधा पनि रहेकाले शिक्षकहरूले आफ्ना विद्यार्थीहरूलाई लाइभ सिकाउन र विद्यार्थीहरूसँग अन्तरक्रिया गर्न सक्छन् । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूको लागि फलामे ढोका मानिने एसईई नजिकै रहेको अवस्थामा परीक्षाको तयारी गरिरहेका सबै विद्यार्थीहरूलाई यो सहकार्यले विशेष फाइदा पुग्ने आशा गरिएको छ । भायानेटले २०७९ वैशाखसम्म आफ्ना ग्राहकहरूलाई मिदास ई–क्लास निःशुल्क चलाउन दिने जनाएको छ ।

भायानेटका ग्राहकहरूले आफ्ना भायानेट कस्टमर पोर्टल वा भायानेट मोबाइल एपमार्फत लगइन गरी मिदास ई–क्लास दाबी गर्नुपर्नेछ । उच्च गतिको इन्टरनेट र आईपीटीभी सेवाका लागि परिचित भायानेटले आफ्ना ग्राहकलाई उत्कृष्ट डिजिटल अनुभव प्रदान गर्न नेपाल र बाहिरका संस्थाहरूसँग साझेदारी गर्दै आएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x