Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक

रियलमीको ‘माइटी पर्फमेन्स बुस्टर’ नार्जो ५० सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा रियलमी नार्जो सिरिजअन्तर्गत नार्जो ५० सार्वजनिक गरेको छ । माइटी पर्फमेन्स बुस्टेड नार्जो ५० स्मार्टफोनमा रहेकोे उत्कृष्ट प्रोसेसर, उत्कृष्ट डिस्प्ले, छिटो चार्ज गर्ने क्षमता र लामो समयसम्म चल्ने ब्याट्री लाइफको साथ गेमिङ उत्साहीहरूको मन जित्नेछ ।

यस श्रेणीमा उत्कृष्ट गेमिङ प्रोसेसर प्रस्तुत गर्दै मेडियाटेक हेलियो जी–९६ द्वारा सञ्चालित नार्जो ५० ले दुई कोटेक्स–ए ७६ कोर र छवटा कोटेक्स–ए५५ कोरको २.० गिगाहर्ज का साथ त्कृष्ट प्रदर्शन ल्याउँछ । यो एक सय ८० हर्जको टच स्याम्पलिङ दरको र अल्ट्रा–स्मुथ एक सय २० हर्ज रिफ्रेस दरको साथ ६.६ इन्च डिस्प्लेको साथ आउनेछ, जसले युवा गेमरहरूलाई सबैभन्दा सहज प्रदर्शन प्रदान गर्दछ । यो स्मार्टफोनमा लामो समय टिक्ने पाँच हजार एमएएच् ब्याट्री छ । यसको ३३ वाट डार्ट चार्जिङले ७० मिनेटमै शतप्रतिशत ब्याट्री चार्ज गर्न सक्छ ।

रियलमी नार्जो ५० मा विशिष्ट डाइनेमिक -याम विस्तारको प्रविधि प्रयोग गरिएको छ, जसले नार्जोका गेमरलाई ११ जिबी -यामसम्म विस्तार गरेर सहज अनुभव प्रदान गर्दछ । ५० एमपी एआई ट्रिपल क्यामेराका साथ उपलब्ध यो फोनले रातको समयमा उत्कृष्ट र गुणस्तरीय फोटो खिच्नुका साथै रातको सट लिँदा स्पष्ट र चम्किलो विवरणहरू ल्याउँछ । यसमा ५० एमपी इमेज सेन्सरसहितको प्राइमरी क्यामेरा पनि राखिएको छ जसले पर्याप्त लाइट सुरक्षित राख्दछ र तस्बिरहरूलाई अझ स्पष्ट र उज्यालो बनाउँछ ।

सुपर क्लोज फोकस दूरीको साथ म्याक्रोे लेन्सले प्रयोगकर्ताहरूलाई विवरणसहितको म्याक्रोे फोटो खिच्न र बी एन्ड डब्लु लेन्सले पोट्र्रेटहरूका लागि कलात्मक प्रभाव प्रदान गर्दछ । रियलमी नार्जो ५० मा रेसिङ कारहरूबाट प्रभावित एक सय ७४ ग्राम तौल र ८.५ मिमि मोटाइ भएका केभ्लार स्पिड टेक्स्चर डिजाइनजस्ता फिचर्स छन् । यसको साइडमा पावर वटनका साथ अल्ट्रा फास्ट फिङ्गर प्रिन्ट दुवैको प्रावधान एकै बटनमा उपलब्ध छ । यो फोन दुई भिन्न आकर्षक रङ्गहरू स्पीड ब्ल्याक र स्पीड ब्लूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । दुई स्टोरेज भेरियन्टहरू ४/६४ जीबीको मूल्य २२ हजार नौ सय ९९ रूपैयाँ र ६/१२८ जीबीको मूल्य २६ हजार चार सय ९९ रूपैयाँमा यो फोन उपलब्ध रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x