Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगयोग्यताअनुसारको अवसर प्रदान गर्दै कुमारी जब

योग्यताअनुसारको अवसर प्रदान गर्दै कुमारी जब


काठमाडौं । कुमारी जबले मानिसहरुलाई योग्यताअनुसारको रोजगारी प्रदान गर्दै आएको छ । कुमारी जबमा सुरुदेखि उच्च तहसम्मका कामहरु सजिलै पाइन्छन् । यसमा रोजगारीका लागि दैनिक एक हजार जनाले आवेदन दिने गरेका छन् । आवेदकमध्ये एक महिनामा पाँच सयभन्दा बढीलाई कम्पनीले रोजगारी दिने गरेको दाबी गरेको छ ।

सन् २०१४ मा सन्देश भण्डारीले स्थापना गरेको कुमारी जबमा रोजगारीका लागि दर्ता भएकामध्ये ७० प्रतिशतभन्दा बढी राम्रो संघ–संस्थाहरुमा कार्यरत छन् । हाल कुमारी जबसँग एसियन पेन्ट्स, बर्जर पेन्ट्स, चौधरी ग्रुप, सामसङ, पेप्सी, पञ्चकन्या ग्रुप, विशाल ग्रुप, आईएमएस ग्रुप, गोल्छा ग्रुप, ज्योति ग्रुप, गोएन्का ग्रुप, लक्ष्मी ग्रुप, भायानेट, वल्र्ड लिंक, सीजी एवम् थुप्रै एनजीओ र आईएनजीओहरु आबद्ध छन् । साथै यस संस्थासँग एफवान सफ्ट, फुडमान्डु, टाइगर प्यालेस, हुलास, साथीमार्ट, केएल दुगर, एमभी दुगरजस्ता संस्थाहरु पनि आबद्ध छन् । कुमारी जबमा अकाउन्टिङ, सेल्स र मार्केटिङदेखि लिएर आईटी र टेलिकम्युनिकेसन तथा एनजीओ र आईएनजीओहरुका लागि पनि प्रशस्तै अवसरहरु आइरहन्छन् ।

कुमारी जब नेपालको एक मात्र मानव सेवा संसाधन परामर्श कम्पनी हो, जसले २०१४ देखि एउटै छानामुनि मानव संसाधनसम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आइरहेको छ । यस कम्पनीले तीनकुनेस्थित आफ्नो कार्यालय र अनलाइन जब पोस्टिङ सर्भिसमार्फत मानव संसाधनसम्बन्धी सम्पूर्ण सेवाहरु दिँदै आइरहेको छ । यस संस्थाले रिक्रुटमेन्ट (भर्ती), जब पोस्टिङ, पेरोल आउटसोर्स, तालिमलगायत सबै प्रकारका मानव संसाधनसम्बन्धी सेवा प्रदान गर्छ । हरेक दिन विभिन्न व्यापारिक समूहहरु र संघ–संस्थाहरुलाई योग्य उम्मेदवारहरु तथा रोजगारीको खोजीमा रहेकाहरुलाई उपयुक्त रोजगारी प्रदान गर्न सफल कुमारी जबले देशमा विद्यमान बेरोजगारीको समस्यालाई केही हदसम्म भए पनि कम गर्दै आइरहेको छ । रोजगारीको खोजीमा रहेका र रोजगार–दाताहरुबीच सिधा सम्पर्क गर्नको निम्ति रिक्रुटिङको लागि सर्वोत्कृष्ट माध्यम, प्रविधि र प्ल्याट्फर्म बनाउँदै पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भई विश्वव्यापी रोजगार प्रदायक हुने लक्ष्य कम्पनीले लिएको छ ।

कर्मचारीहरुको टर्न–ओभरलाई कम गर्न र मानव संसाधनमूलक गतिविधिहरु सञ्चालनमा आउनसक्ने जोखिमहरु कम गर्न बैंक, वित्तीय संस्था, ग्रुप अफ कम्पनिज, इन्टर्नेट कम्पनिज, प्राइभेट फर्म्स, एनजीओ र आइएनजीओहरु, उद्योगहरुलगायत धेरैजसो कम्पनीहरुले कर्मचारी आउटसोर्स गर्न थालेका छन् । यसको लागि अधिकांश कम्पनीहरुको पहिलो रोजाइमा कुमारी जब नै पर्दछ । यसको वेबसाइटमा गएर कम्पनीहरुले आफ्नो आवश्यकता दर्ता गरी पोस्ट गर्न सक्छन्, साथै संघ–संस्थाहरुलाई उपयुक्त उम्मेदवार पूर्ति गर्ने हेतुले यस कम्पनीले विशेष रिक्रुट्मेन्ट प्रविधि पनि अपनाउँछ । साथै कम्पनीले रोजगारी सुनिश्चितताको लागि आवश्यक तालिमहरु पनि दिने गर्दछ । तालिम लिन चाहने व्यक्ति, विद्यार्थी लगायत कुनै पनि संस्थामा कार्यरत कर्मचारीहरुलाई कुमारी जबले आवश्यकताको अध्ययन गरी विभिन्न किसिमका तालिम पनि दिन्छ । साथै यो कम्पनीले प्रविधिको प्रयोग गरी गुणस्तरीय सीभी पनि निःशुल्क रुपमा बनाइदिन्छ । कुमारी जबको वेबसाइट अथवा यसको कार्यालयमै गएर जुनै पनि स्तरको कामहरुबारे बुझ्दा, त्यहाँ काम गर्न निवेदन दिँदा र काम पाइसकेपछि पनि काम खोज्ने मानिसले कुनै पनि प्रकारको शुल्क कहिल्यै पनि तिर्नुपर्दैन ।

कम्पनीका सञ्चालक भण्डारीका अनुसार हरेक मानिसको आफ्नो योग्यताअनुसारको जागिर खोज्ने र आफू र आफ्नो परिवारको लागि आरामदायी जीवनको सुरक्षा गर्ने सपना हुन्छ । तर सबैले आफूले सोचेजस्तो र आफ्नो योग्यताअनुसारको जागिर पाउनसकेका हुँदैनन् । हैसियतअनुसार काम नभेटेर विदेशिएका उदाहरण हाम्रै अगाडि छन् । रोजगारीको खोजीमा युवाहरु भौँतारिइरहेका युवाहरुको फाइदा उठाउँदै धेरै जबसेन्टरहरुले रोजगारीको नाममा ठगीको धन्दा चलाइरहेको समेत उनी बताउँछन् । कुमारी जबले एक रुपैयाँ पनि शुल्क नलिई जागिर खोज्न र सीभी बनाउन सहयोग गर्ने उनले बताए । यसले प्रदान गर्ने सम्पूर्ण रोजगारी नेपाल सरकारले तोकेको न्यूनतम मापदण्डअनुसारको हुने गरेको छ । देशमा विद्यमान समस्यालाई केही हदसम्म भए पनि कम गर्ने उद्देश्यले कुमारी जबको स्थापना गरेको भण्डारीले बताए । सुरुवाती अवस्थामा संस्थापक स्वयंको एकल प्रयासबाट सुरु भएको यस संस्थाले हाल प्रतिस्पर्धीहरुभन्दा ठूलो स्रोत–साधन र ठूलो टिम बनाउन सफल भइसकेको छ । (आर्थिक दैनिकबाट)


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x