Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगइन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा

इन्फिनिक्सको स्मार्ट ६ नेपाली बजारमा


काठमाडौं । नेपालका लागि इन्फिनिक्स स्मार्टफोन ब्राण्डको आधिकारिक आयातकर्ता तथा वितरक कम्पनी सारथि इन्टरप्राइजेजले नेपाली बजारमा नयाँ बजेट स्मार्टफोन लन्च गरेको छ । चर्चित अन्तर्राष्ट्रिय ब्राण्ड इन्फिनिक्सले नेपाली बजारमा स्मार्ट ६ मोडल लन्च गरेको हो ।

कम्पनीले नेपाली उपभोक्ताहरुको रुचि र मागलाई ध्यानमा राखेर बजेट श्रेणीमा आकर्षक फिचर भएको नयाँ स्मार्टफोन ल्याएको जनाएको छ । यो स्मार्टफोनमा ६.६ इन्चको एचडी प्लस आईपीएस डिस्प्ले राखेको छ । जसमा ५०० निट्सको ब्राइटनेस रहेको छ । विशेषगरी लामो समयसम्म अनलाइन कक्षा वा गेम खेल्न चाहनेहरुका लागि ध्यानमा राखेर इन्फिनिक्सले स्मार्ट ६ फोनमा पाँच हजार एमएएचको शक्तिशाली ब्याट्री प्याक दिएको छ । कम्पनीले स्मार्ट ६ मोडलमा ८ मेगापिक्सलको ड्युल रियर क्यामरा सेटअपका साथमा फिंगरप्रिन्ट तथा फेस अनलकको सुविधा दिएको छ । त्यसैगरी सेल्फीका लागि ५ मेगापिक्सेलको फ्रन्ट क्यामरा राखिएको छ । यसमा भिडियो कलका लागि फ्रन्ट फ्ल्यासलाइट समेत छ ।

एन्ड्रोयड ११ मा आधारित एक्सओएस ७.६ मा सञ्चालन हुने यो स्मार्टफोनमा मिडियाटेक अक्टाकोर १.६ गिगाहर्ज एमटीके हेलियो ए२२ चिपसेट राखिएको छ । यसबाहेक कनेक्टिभिटीको लागि फोनमा फोरजी, वाईफाई, जीपीएस, ब्लूटूथ ५.० भर्सन, यूएसबी र ३.५ एमएमको हेडफोन ज्याक राखिएको छ । नेपाली बजारमा इन्फिनिक्स स्मार्ट ६ दुई जीबी -याम र ३२ जीबी स्टोरेज अप्सनका साथमा उपलब्ध हुनेछ भने यसको बजार मूल्य १२ हजार चार सय ९० रुपैयाँ तोकिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x