Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगखल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता


काठमाडौं । नेपालमा पहिलोपटक वर्ल्डलिंकका प्रयोगकर्ताहरुले खल्तीमार्फत आफ्नो बिल भुक्तानी गर्दा भ्याट रकमको १० प्रतिशत फिर्ता पाउने भएका छन् । छ लाख ५० हजार वल्र्डलिंक प्रयोगकर्ताको घरपरिवारहरुलाई डिजिटल नेपालतर्फ सशक्त बनाइउन कम्पनीले खल्तीसँग साझेदारी गरेको जनाएको छ ।

भूतपूर्व अर्थमन्त्री युवराज खतिवडाले आर्थिक विधेयक २०७६ मार्फत प्रारम्भ गरिएको, खल्तीले आन्तरिक राजस्व विभाग (आईआरडी) र वल्र्डलिंकसँग समन्वय गरी यो कार्यादेशलाई अगाडि बढाएको छ । वल्र्डलिंक र खल्ती दुवै मिली नेपालको डिजिटल अर्थतन्त्रलाई प्रोत्साहन गर्न र डिजिटल नेपालको साझा लक्ष्य पूरा गर्ने काम गरिरहेको बताइएको छ । १० प्रतिशत भ्याट फिर्ताको साथै खल्तीले पहिले नै १.५ प्रतिशत तथा थप एक सय रुपैयाँ क्यासब्याक प्रोमो कोड प्रयोग गरी छुट प्रदान गरेको छ । अब थप १० प्रतिशत भ्याट फिर्ताले डिजिटल नेपालतर्फ वर्ल्डलिंकका ग्राहकलाई सजिलै प्रत्यक्ष फाइदा पु-याउने कम्पनीले जनाएको छ । उपभोक्ताहरुले भ्याट रकमको चार्ज गरिएकोे १३ प्रतिशत भ्याटको १० प्रतिशत भ्याट फिर्ता पाउनेछन् । यसका लागि खल्ती प्रयोगकर्ता उपभोक्ता वर्गको हुनुपर्नेछ । साथै वल्र्डलिंक जडान पनि उपभोक्ता वर्गको हुनुपर्नेछ । अर्थात् यो सुविधा व्यावसायिक कार्य प्रयोजनको लागि दिइनेछैन ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x