Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबाथरूम प्रोडक्ट्स रोकाको ८ वटा नयाँ शोरुम

बाथरूम प्रोडक्ट्स रोकाको ८ वटा नयाँ शोरुम


काठमाडौं । रोका बाथरूम प्रोडक्ट्स प्रालिले निरन्तर बढ्दो ब्रान्ड इकोसिस्टमको फाइदा उठाउन नेपालमा आठवटा नयाँ शोरुमको उद्घाटन गरेको छ । कम्पनीले नेपालका प्रमुख सहरहरु काठमाडौं, पोखरा, बुटवल र भैरहवामा आफ्नो ब्रान्डको उपस्थितिलाई बलियो बनाउन नयाँ शोरुमको विस्तार गरेको हो ।

कम्पनीका प्रबन्धनिर्देशक केई रंगनाथनको नेपाल भ्रमणको अवसर पारी कम्पनीले आठवटा नयाँ शोरुम, पाँचवटा ब्रान्ड प्यारिवेयर र तीनवटा ब्रान्ड रोकाको उद्घाटन गरेको हो । ब्रान्ड प्यारिवेयरले नेपालमा बलियो उपस्थिति जनाउँदै २० प्रतिशतको बजार हिस्सा पाएको छ । विश्वको नम्बर १ बाथरूम निर्माता र युरोपेली ब्रान्ड रोका संसारका एक सय ८० भन्दा बढी देशहरूमा अवस्थित छ । कम्पनीका लक्जरी ब्राण्ड अरमानी रोका र लाउफेन बलियो रिटेल उपस्थितिका साथ नेपालमा प्रवेश गर्ने तयारीमा छन् ।

शोरुमको शुभारम्भको अवसरमा प्रबन्धनिर्देशक केई रंगनाथनले बजारमा लगानी, नयाँ उत्पादन र गुणस्तरीयतामा केन्द्रित भएर कम्पनीको बलियो उपस्थितिलाई निरन्तरता दिने महत्वाकांक्षी योजना रहेको बताए । रोका विश्वको सबैभन्दा ठूलो बाथरुम उत्पादन गर्ने कम्पनी भएकोले ग्राहकहरुका लागि कम्पनीको उत्पादनहरुले सन्तुष्ट दिने उनले विश्वास गरे । कम्पनीका नेपालमा एक सयभन्दा बढी आउटलेटहरू छन् । यस्तै १५ भन्दा बढी हाई एन्ड शोरुमहरू छन् । हाल, रोका प्यारिवेयरले नेपालभर १८ होटल ल्यान्डमार्क परियोजनाहरूमा सक्रिय रूपमा काम गरिरहेको जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x