Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगहोटल -याडिसनमा ‘स्टडी इन इन्डिया एक्स्पो’

होटल -याडिसनमा ‘स्टडी इन इन्डिया एक्स्पो’


काठमाडौं । काठमाडौंस्थित होटल -याडिसनमा बृहत् शैक्षिक प्रदर्शनी ‘स्टडी इन इन्डिया एक्स्पो’को आयोजना गरिएको छ । शुक्रबारदेखि सुरु भएको दुई दिने शैक्षिक मेलामा भारतका ३५ भन्दा बढी विश्वविद्यालयको उपस्थिति थियो ।

अफेयर्स एजुकेसन एन्ड मिडिया प्रालिले आयोजना गरेको यस एक्स्पोमा कुन विषय अध्ययन गर्ने भन्ने दुविधा मेटाउन दुई सयभन्दा बढी कोर्सहरुबारे जानकारी प्रदान गरिएको थियो । नेपाली विद्यार्थी र अभिभावकहरुलाई मध्यनजर गर्दै यो एक्स्पो सञ्चालन गरेको हो । शैक्षिक मेलामा नयाँ पाठ्यक्रमहरु, योग्यता, मापदण्ड, आवेदन प्रक्रिया, शुल्क, नियुक्ति र छात्रवृत्ति विकल्पहरुबारे विद्यार्थी तथा अभिभावकहरुलाई जानकारी गराइएको आयोजकले जनाएको छ ।

भारतका प्रतिष्ठित विश्वविद्यालयका पदाधिकारीहरुसँग प्रत्यक्ष कुराकानी गरी ३५ वटाभन्दा बढी प्रमुख विश्वविद्यालयहरुको जानकारी हासिल गर्नसक्ने गरी शैक्षिक मेलाको आयोजना गरिएको हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x