Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरनको नयाँ मोडलका जुत्ता बजारमा

रनको नयाँ मोडलका जुत्ता बजारमा


काठमाडौं । रन सुज इन्डष्ट्रिज प्रालिले नयाँ वर्षलक्षित नयाँ २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको छ । स्पोर्ट्समा १५ नयाँ मोडलका र पार्टी, क्याजुअल गरी २५ मोडलका जुत्ताहरु बजारमा ल्याएको हो । स्पोर्ट्स शुजमा युवालगायत सबै उमेर समूह सम्मका डिजाइनहरु छन् ।

स्वदेशमै उत्पादित जुत्ता चप्पलहरुको प्रयोगले हाल उत्पन्न भएको तरलता अभाव तथा स्वदेशी आत्मनिर्भरतामा समेत सहयोग पुग्ने र आम देशबासी ग्राहकहरुले स्वदेशी उत्पादनको प्रयोगमा टेवा पु-याउने कम्पनीका अध्यक्ष रुद्र न्यौपानेले बताए । रनका नयाँ मोडलका जुत्ताहरुमा उच्च गुणस्तरीय कच्चा पदार्थहरुको प्रयोग गरी बनाइएको, लचिलो सोलका साथै चार एमएमको लचकदार इनसोलको प्रयोग गरी निकै आरामदायी हुनुका साथै सर्वसुलभ मूल्य रहेकोे कम्पनीले जनाएको छ । रनका जुत्ताहरुमा ग्राहकहरुले छ महिनाको वारेन्टी समेत पाउने गरेका छन् ।

रन शुजको उपत्यकाबाहिर पोखरा, बुटवल, विराटनगर, बाग्लुङ, नेपालगञ्ज, अत्तरिया, धनगढीलगायत स्थानहरुमा र उपत्यकाभित्र पाँचवटा आधिकारिक शोरुमसहित ७५ वटै जिल्लाहरुमा बिक्रीवितरण हुँदै आएको छ र चाँडै निर्यातको तयारीमा कम्पनी लागेको छ । उद्योगले हाल छ सयभन्दा धेरै मोडलका पार्टी शुज, स्पोर्ट्स शुज, क्याजुअल शुज, लोफर, स्कुल/कलेज शुज तथा लेडिज र जेन्स चप्पल उत्पादन गरिरहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x