Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ इलेक्ट्रोनिक्स ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल

सामसङ इलेक्ट्रोनिक्स ७१ वटा अन्तर्राष्ट्रिय अवार्ड जित्न सफल


काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले अन्तर्राष्ट्रिय डिजाइन अवार्डमा एकैपटक तीनवटा गोल्ड मेडलसहित ७१ वटा अवार्ड जित्न सफल भएको छ । जर्मन अन्तर्राष्ट्रिय डिजाइन कम्पिडिसन २०२२ मा सामसङ इलेक्ट्रोनिक्स टेलिभिजन, स्मार्टफोन र अन्य घरेलु उपकरणलगायत विषयमा यी अवार्ड हात पार्न सफल भएको हो ।

जर्मन अन्तर्राष्ट्रिय डिजाइन प्रतियोगिताको अन्तर्राष्ट्रिय फोरम (आईएफ)मा उसले विभिन्न नौवटा विधामा ती अवार्ड हात पारेको हो । त्यसमध्ये पोर्टेबल स्क्रिन द फ्रिस्टाइल, मोबाइल फोन ग्यालेक्सी जेड फ्लिप ३ र वायरलेस भ्याकुम किलनर बेस्पोक स्लिमका लागि गोल्ड अवार्ड प्राप्त गरेको हो । प्रतियोगितामा सामसङका ५५ देशका ११ हजार सबमिसन मध्येबाट ती अवार्ड हाल परेको हो ।

डिजाइन अवार्डका नौ विधामा उत्पादन, प्याकेजिङ, सञ्चार, व्यावसायिक अवधारणा, आन्तरिक वास्तुकला, वास्तुकला, सेवा अनुभव डिजाइन, प्रयोगकर्ताहरुमा भिन्नता र प्रभावको व्यापक मूल्यांकन थिए । त्यसक्रममा सामसङ इलेक्ट्रोनिक्स डिजाइन सेन्टरका कार्यकारी उपाध्यक्ष जिन्सु किमले डिजाइनका लागि परिवर्तनशील मूल्यहरुलाई नवीन प्रविधिहरुसँग जोड्नु महत्वपूर्ण भएको बताए । उनले भने, ‘हामी एक अर्थपूर्ण अनुभव प्रदान गर्न प्रतिबद्ध छौँ जसले ग्राहकहरुको विभिन्न मागहरु पूरा गर्दछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x