Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट

बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट


काठमाडौं । इ–कमर्स प्लेटफर्म बिजबजारले सेवाग्राहीले बिजबजारबाट सामान खरिद गर्दा डेलिभरी शुल्कमा ५० प्रतिशत छुट दिने अफर ल्याएको छ ।

नेपालका साना तथा मझौला उद्यमहरू (एसएमईएस)लाई बढवा दिँदै नेपाली ट्रेडलाई डिजिटाइज बनाउने लक्ष्यका साथ ‘जे चाहिन्छ, त्यही पाइन्छ’ भन्ने नारासहित सञ्चालनमा रहेको बिजबजारले नववर्षलक्षित स्किमअन्तर्गत उक्त अफर ल्याएको हो ।

यस अफर २०७९ वैशाख महिनाभरि अर्थात् २०७९ वैशाख ३१ सम्म लागू हुने कम्पनीले जनाएको छ । साथै साना तथा मझौला उद्योग व्यवसायहरूलाई डिजिटल माध्यमबाट बजारसँग जोडी डिजिटल माध्यमबाटै व्यवसायको अभिवृद्धिमा बिजबजारले सक्दो भूमिका खेल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x