Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवाड्र्स २०२२ मा दुई अवार्ड

ओपो फाइन्ड एनलाई आईएफ डिजाइन अवाड्र्स २०२२ मा दुई अवार्ड


काठमाडौं । ओपोको पहिलो फोल्डेवल फ्ल्यागसिप, ओपो फाइन्ड एनले प्रडक्ट डिजाइन र प्रयोगकर्ता अनुभवका लागि आईएफ डिजाइन अवाड्र्स २०२२ मा दुई उपाधि हात पारेको छ । ओपोले आफ्नो पहिलो फोल्डेवल फ्ल्यागसिप स्मार्टफोन, ओपो फाइन्ड एन, सन् २०२१ को डिसेम्बरमा सार्वजनिक गरेको थियो । दुवै डिस्प्लेको समग्र अनुभव प्रदान गर्ने किसिमले पृथक डिस्प्ले रेसियोका साथमा यसको समग्र डिजाइन गरिएको छ । यसको बाह्य स्क्रिनमा एकै हातले सहजै प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ परम्परागत फोनकै आकारसँग मिल्दोजुल्दो १९ः९ रेसियोको प्रयोग गरिएको छ । त्यसैगरी यसको भित्री डिस्प्लेमा ८.४ः९ एस्पेक्ट रेसियोको प्रयोग गरिएको छ । यसले गर्दा फोनलाई अनफोल्ड गर्दा थप सहजताको अनुभव गर्न सकिन्छ ।

फोनमा रहेको ठूलो स्क्रिनको पूर्ण प्रयोग गर्न सकियोस् भन्ने सोचका साथ ओपोले फोल्डेवल उपकरणका लागि कस्टम सफ्टवेयरका लागि टु–फिंगर स्प्लिट स्क्रिनजस्ता विभिन्न आकर्षक सफ्टवेयरहरू पनि उपलब्ध गराएको छ । टु–फिंगर स्प्लिट स्क्रिनका माध्यमबाट प्रयोगकर्ताले सहजै स्क्रिनको मध्य भागबाट दुई औँलाको सहायताबाट तलतिर स्वाइप गरी स्क्रिनलाई स्प्लिट गरी मल्टिटास्किङका लागि उपयोग गर्न सक्छन् ।

त्यसैगरी, ओपो फाइन्ड एनमा स्वविकसित फ्लेक्सियोन हिन्ज पनि उपलब्ध छ । फ्लेक्सियोन हिन्ज डिजाइनले फोनको भित्री स्क्रिनमा देखिने क्रिजको मात्रामा कमी ल्याउँदै उपकरणलाई ५०–१२० डिग्रीको कुनै पनि कोणमा सहजै उभिने कार्यमा सहजता प्रदान गर्छ । साथै, फोल्ड गरिएको अवस्थामा यसले डिस्प्लेबीचको ‘ग्यापमा’ कमी ल्याउँदै भित्री स्क्रिनलाई स्क्रयाचबाट जोगाउनुका साथै प्रयोगकर्तालाई कम्प्याक्ट अनुभव प्रदान गर्छ । चीनमा सार्वजनिक गरेदेखि नै ओपो फाइन्ड एनले उल्लेखनीय सफलता हासिल गरिरहेको छ । बिक्रीका आधारमा यसले पहिलो महिनामै १० लाखभन्दा बढी अर्डर नाघि सकेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x