Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएनसेलले ल्यायो ‘इन्डलेस कम्बो प्याक’

एनसेलले ल्यायो ‘इन्डलेस कम्बो प्याक’


काठमाडौं । एनसेल आजियटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डेटा सेवा बन्डलिङ रहेको इन्डलेस कम्बो प्याकहरु सञ्चालनमा ल्याएको छ । सोमबारबाट सञ्चालनमा आएको यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित मात्र २५ रुपैयाँमा बिहान ५ बजेदेखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने डे कम्बो प्याक र बेलुका १० बजेदेखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरुबाट फाइदा लिन सकिने एनसेलले जनाएको छ ।

एनसेलका अनुसार डे कम्बो प्याकअन्तर्गत प्रिपेड ग्राहकले एक सय एमबी डेटा र दुई सय मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् ।

ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स एक ह्यास वा एस्ट्रिक्स १७१२३ एस्ट्रिक्स दुई ह्यास डायल गरी यो प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्नेछन् । बेलुकाको समयमा भ्वाइस तथा डेटा प्रयोग गर्न चाहने ग्राहकले दुई सय ५० एमबी डेटा र दुई सय ५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक मात्र २५ रुपैयाँमा सुचारु गर्न सक्नेछन् । प्रिपेड ग्राहकले एस्ट्रिक्स १७११८ एस्ट्रिक्स एक एस्ट्रिक्स छ ह्यास डायल गरी प्याक सुचारु गर्न सक्नेछन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुचारु गर्न सक्छन् ।

सुलभ दरमा आफ्ना ग्राहकलाई भ्वाइस तथा डेटा सेवा प्रदान गर्ने आफ्नो प्रतिबद्धताअनुरुप एनसेलले यी आकर्षक कम्बो प्याकहरु ल्याएको जनाएको छ । यो योजनाअन्तर्गतका प्याकले ग्राहकलाई सुलभ दरमा आफ्ना साथीभाइ तथा परिवारसँग जुनसुकै नेटवर्कमा सहजै सम्पर्कमा रहिरहन मद्दत गर्ने विश्वास एनसेलले लिएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x