Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम


काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासंघको आयोजनामा बुधबारदेखि सुरु भएको २७औँ संस्करणको क्यान इन्फोटेकको डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट रहेको छ । डाइमण्ड प्रायोजक डिशहोम फाइबरनेटले आफ्नो स्टल नं. डी ३१ मार्फत आफ्नो फाइबरनेटको आवश्यक जानकारी दिनुका साथै, भिजिटरलाई डिशहोम गोको एक हप्ताका लागि प्रयोग गर्न मिल्ने युजर आईडी तथा पासवर्ड प्रदान गर्ने जनाएको छ ।

सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा विकास भएका नयाँ–नयाँ प्रविधि प्रदर्शनी तथा यस क्षेत्रको विकासका लागि आवश्यक नीति, रणनीति तथा कानुनी संरचना निर्माणका निम्ति सार्थक अन्तर्क्रिया गर्ने उद्देश्यका साथ वार्षिक रुपमा क्यान इन्फोटेक आयोजना हुने गरेको छ । यस पटकको क्यान इन्फोटेकमा आईसीटी एक्सेसरिज, गेम पार्लर, प्रडक्ट लञ्चिङ, स्टार्ट–अप, रोबोटिक्स, इमर्जिङ्ग टेक्नोलोजी, सूचना प्रविधि, वाई–फाई तथा इन्टरनेट र लर्निङ सेन्टरलगायतका विभिन्न खण्डहरू रहनेछन् ।

यस वर्षको क्यान इन्फोटेक साढे तीन लाखभन्दा बढीले अवलोकन गर्ने अपेक्षा लिइएको छ । यो मेलालाई आईएमई पेले शीर्ष प्रायोजन गरेको छ भने सहप्रायोजककोे रुपमा स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) रहेको छ । साथै प्लेटिनम प्रायोजकमा वर्ल्डलिंक कम्युनिकेसन्स, डाइमन्ड प्रायोजक डिशहोम फाइबरनेट, गोल्ड प्रायोजकमा नेपाल टेलिकम, सिल्भर प्रायोजकमा नमस्ते पे, एस–पावर र डिजिकम रहेका छन् । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x