Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीबीसी मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धन

बीबीसी मास्टर सेफको टोलीबाट नेपालको मौलिक खाना, संस्कृति र गन्तव्य प्रवर्द्धन


काठमाडौं । बीबीसी मास्टर सेफ सन्तोष शाहसहित सेफहरुको टोलीले नेपालको मौलिक खना, संस्कृति र विभिन्न पर्यटकीय गन्तव्यको प्रवर्द्धन गरेका छन् । प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टरले कोभिड–१९ महामारीपछि नेपाली पर्यटनक्षेत्रको पुनरुत्थान अभियानअन्तर्गत ‘बीबीसी मास्टर सेफः द प्रोफेसनल २०२०’का फाइनलिस्टहरुलाई नेपालको मौलिक संस्कृति र खानामार्फत गन्तव्यको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल आमन्त्रण गरेको थियो ।

पाटा नेपालद्वारा आयोजना गरिएको ‘मास्टरसेफ फाइनलिस्ट टुर टु नेपाल’ नामक यस कार्यक्रमलाई मुख्य प्रवर्द्धकको रुपमा नेपाल पर्यटन बोर्ड, अफिसियल एयरलाइन्स पार्टनरको रुपमा श्रीलंकन एयरलाइन्स, बैंकिङ पार्टनरको रुपमा नबिल बैंक र हेल्थ पार्टनरको रुपमा सिवेक हस्पिटलले सहयोग गरेका छन् । त्यसैगरी, बुद्ध एयर, समिट एयर, नाथम, केजीएच ग्रुप अफ होटेन्स, सिद्धार्थ ग्रुप अफ होटल, जंगल सफारी रिसोर्ट, कम्युनिटी होमस्टे, गेट कलेज, ग्यालेक्सी टेलिभिजन, रामदेव आयल र हाइग्राउण्ड एडभेन्चरलेसमेतले कार्यक्रममा सहयोग तथा सहकार्य गरेका थिए । चर्चित सेलीब्रेटी सेफहरुले नेपालको राष्ट्रिय झण्डा अंकित सेफकोट पहिरनमा नेपालका विभिन्न गन्तव्यहरुमा मौलिक खानाको अवलोकन, अन्वेषण एवम् प्रवर्द्धन गर्नुु कोभिड १९ महामारीपछिको पर्यटन पुनरुत्थान अभियानअन्तर्गत पाटा नेपालद्वारा आयोजना गरिएको एक आकर्षक तथा समयानुकूल पहलको रुपमा लिइएको छ ।

मास्टर सेफहरुको नेपाल भ्रमण तथा गतिविधिहरुबाट विश्व स्रोत बजारमा नेपालको मौलिक खाना र संस्कृति समेत गन्तव्यको अभिन्न आकर्षण रहेको, महामारीपश्चात् नेपाली पर्यटन क्षेत्र पूर्णरुपमा खुला रहेको र जीवन्त अनुभवका लागि नेपाल एक अद्वितीय गन्तव्य रहेको सकारात्मक सन्देश प्रवाह हुनुका साथै मास्टरसेफहरुको सामाजिक सञ्जाल तथा नेटवर्कमा आबद्ध समुदायमाझ नेपाल गन्तव्यको प्रवर्द्धनमा समेत महत्वपूर्ण टेवा पुगेको छ ।

त्यसैगरी, मास्टरसेफहरुले नेपाली युवा सेफहरु तथा हस्पिट्यालिटी विद्यार्थीहरुलाई नेपाली खानामा नवीनतम अभ्यास, निरन्तर अन्वेषण र प्रभावकारी प्रवर्द्धनमा आबद्ध हुन समेत प्रेरित गरेका छन् । सेफ सन्तोष शाहले नेपाली खानालाई विश्व मञ्चमा पु-याउन नेपाली प्रचलनमा रहेका शब्दहरुको प्रयोग गर्दै आएका सन्दर्भमा कुनै पनि सभा समारोहमा उत्सवको रुपमा खानपिन सुरु गर्दा उच्चारण हुने अंग्रेजी शब्द ‘चियर्स’को साटो नेवारी संस्कृति सगुनको रुपमा प्रदान गरिने ‘आयला’ शब्द प्रयोग गर्दा आफ्नै मौलिकता झल्किने, पर्यटकहरुलाई पनि रोचक हुने र गन्तव्यको सकारात्मक प्रवर्द्धन हुने बताए । साथै ‘आयला’ सम्बन्धित सन्देशमूलक प्रचारात्मक भिडियो समेत सार्वजनिक गरेका छन् ।

पाटा नेपाल च्याप्टरले पाटा अन्तर्राष्ट्रिय च्याप्टरहरु, नेपाल वायुसेवा निगम तथा अन्तर्राष्ट्रिय एयरलाइन्स, पर्यटन बोर्डलगायत अन्य निजी तथा सरकारी साझेदार संघ÷संस्थाहरुसँगको समन्वय र सहकार्यमा विभिन्न अन्तर्राष्ट्रिय स्रोत बजारहरुमा आयोजना गर्ने गन्तव्य प्रवर्द्धनसँगै नेपाली मौलिक खानाको प्रवर्द्धनका लागि मास्टर सेफ सन्तोष साहको संलग्नता र सहयोगमा ‘नेपाल वर्ल्ड फुड टुर’ कार्यक्रम समेत आयोजना गरिने बताएको छ । मास्टर सेफ सन्तोष शाहको साथमा सेफ एलेक्स, सेफ बार्ट र सेफ फिलिपालगायतको टोली अप्रिल ७ मा काठमाडौँ आएर नेपालमा १० दिनसम्म विभिन्न स्थानहरुमा पर्यटन प्रवर्द्धनात्मक गतिविधिहरुमा संलग्न भएका हुन् ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x