Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगक्यान इन्फोटेकको दोस्रो दिन : प्रडक्ट लन्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

क्यान इन्फोटेकको दोस्रो दिन : प्रडक्ट लन्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण


काठमाडौं । आईएमई–पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यू आरको दोस्रो दिन सूचना तथा सञ्चार प्रविधिसम्बन्धी प्रडक्ट लन्चिङ र तथा इन्नोभेसन खण्डमा अवलोकनकर्ताको भिड देखिएको छ ।

सूचना तथा सञ्चार प्रविधिसम्बन्धी देशभित्र र बाहिरका व्यवसायी र सम्बन्धित पक्षहरूलाई सहयोग पुग्ने उद्देश्यसहित बुधबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको क्यान इन्फोटेकको दोस्रो दिन बिहीबार विभिन्न कम्पनीका सफ्टवेयर तथा कम्प्युटरसम्बन्धी उपकरणहरू बजारमा पहिलो पटक सुरुवात गरिएको स्थानहरूमा अवलोकनकर्ताको भिड रहेको थियो ।

यसैगरी अवलोकनकर्तालाई लक्षित गरी छुट र अफरको घोषणा गरेका फिन्टेक कम्पनी, इमर्जिङ टेक्नोलोजी, वाइफाइ तथा इन्टरनेट सेवा प्रदायकहरूको स्टलहरू पनि अवलोकनकर्ताको आकर्षक रहेको थियो । यसैगरी क्यान इन्फोटेकको दोस्रो दिन स्टार्टअप र इन्नोभेसन खण्डमा रहेका २६ वटा स्टलहरूमा पनि अवलोकनकर्ताको आकर्षण रहेको थियो । इन्नोभेसनका निम्ति क्यान महासंघले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानसँग सहकार्य गरेको छ भने स्टार्टअपका निम्ति क्यान महासंघले सार्वजनिक सूचना निकालेरै सम्बन्धित व्यक्ति वा संस्थालाई सहभागी हुन आह्वान गरेर प्राप्त आवेदनहरूबाट छनोट गरिएको थियो ।

स्टार्टअप तथा इन्नोभेसन खण्डमा रहेका नयाँ तथा इन्नोभेटिभ आइडियाहरूमध्येबाट उत्कृष्टलाई पुरस्कृत गर्ने क्यान महासंघको अवधारणामा सहयोग गर्दै सागर डिस्ट्रिब्युटर्सले नेपालको निम्ति नयाँ अमेरिकी ब्राण्ड एक्स ल्याब (हीबद)को ल्यापटप उपहारस्वरूप प्रदान गर्ने घोषणा गरेको छ ।

आगामी सोमबारसम्म जारी रहने इन्फोटेकको शीर्ष प्रायोजन आईएमई–पेले गरेको छ भने सहप्रायोजक एससीटी स्मार्ट क्यूआर युनियन–पे रहेको छ । इन्फोटेकलाई विभिन्न सरकारी, गैरसरकारी तथा निजी क्षेत्रका संघसंस्थाहरूको सहयोग रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x