Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनोकिया बार फोनहरूमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी

नोकिया बार फोनहरूमा एक वर्षको रिप्लेसमेन्ट वारेन्टी


काठमाडौं । नेपाली उपभोक्ताहरुले नोकिया बार फोन किनेको एक वर्षसम्म रिप्लेसमेन्ट वारेन्टी पाउने भएका छन् । नोकिया फोनहरूको उत्पादक एचएमडी ग्लोबलले किनेको एक वर्षसम्म फोनमा कुनै पनि प्राविधिक समस्या आएमा साट्न सकिने जानकारी दिएको हो ।

कम्पनीका अनुसार टिकाउपन र भरपर्दो ब्याट्री लाइफले गर्दा सबै जना नोकिया फोनलाई माया र विश्वास गर्छन् र एउटा सेट आफूसँग राख्न चाहन्छन् । उपभोक्ताको यो विश्वासलाई कायम राख्न र आफ्नो ब्रान्ड लोयल्टी अझै बढाउन नोकियाले आफ्नो बार फोनहरुमा रिप्लेसमेन्टको सुविधा ल्याएको हो । यो क्याम्पेनअन्तर्गत उपभोक्ताहरुले आधिकारिक वितरक र शोरुममा गएर आफ्नो पुरानो नोकिया बार नयाँँ फोनसँग साट्न सक्नेछन् । यो योजना नोकियाको १०५, ११०, ५३१०, ६३१०, १५०, २१० र १२५ मोडलमा लागू हुनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x