Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङले ग्यालेक्सी ए २३ को मूल्य घटायो

सामसङले ग्यालेक्सी ए २३ को मूल्य घटायो


काठमाडौं । सामसङ्ग ग्यालेक्सी ए२३ औपचारिक रुपमा बजारमा उपलब्ध भएसँगै यो फोनको बजार मूल्य दुई हजार रुपैयाँले घटाइएको छ । ए २३ को छ जीबी÷१२८ जीबीको मूल्य २९ हजार नौ सय ९९ रुपैयाँ कायम गरिएको छ भने चार जीबी÷६४ जीबीको मूल्य २५ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ ।

सामसङ्ग ग्यालेक्सी ए २३ स्न्यापड्रागन ६८० साथ चार र छ जीबी -याममा उपलब्ध छ । यो फोनमा ६४ र १२८ जीबी भण्डारण क्षमता छ, जसलाई माइक्रो एसडी कार्डको सहायताले एक टीबीसम्म बढाउन सकिन्छ । यो फोनमा एण्ड्रोइड १२ र वान यूआई ४.१ छ । यो स्मार्टफोनमा ६.६ इन्चको एफएचडी प्लस स्क्रिन राखिएको छ, जुन वाटरड्रप नचका साथ आउँछ । क्यामराको रुपमा यसमा चारवटा क्यामरा लगाइएको छ, जुन ५० मेगापिक्सलको प्राइमरी सेन्सर, एउटा पाँच मेगापिक्सलको अल्ट्रा वाइड सुटर, एउटा दुई मेगापिक्सलको डेप्थ सेन्सर र एउटा दुई मेगा पिक्सलको म्याक्रो क्यामरा रहेको छ । यस मोबाइलको मुख्य क्यामरामा ओआईएस जडित छ ।

ओआईएस हार्डवेयर र सफ्टवेयर प्रोसेसिङको संयोजन प्रयोग गर्छ, जुन कम प्रकाशमा पनि प्रस्ट र तीक्ष्ण फोटोहरु खिच्नको लागि पर्याप्त हुन्छ । यसले गर्दा फोटो खिच्दा कम्पन भए पनि फोटोमा त्यसको असर अत्यन्त कम पर्दछ । यो फोनमा पाँच हजार एमएएचको ब्याट्री लगाइएको छ, जुन २५ वाटको तीव्र गतिले चार्ज हुनसक्ने क्षमता छ । साथै यसको बक्समा १५ वाटको एडप्टर रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x