Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीको सी ३५ नेपालमा सार्वजनिक

रियलमीको सी ३५ नेपालमा सार्वजनिक


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले नेपालमा सी सिरिजअन्तर्गतको सबैभन्दा स्टाइलिस एन्ट्री–लेभल स्मार्टफोन सी३५ सार्वजनिक गरेको छ । सधैँझैँ, रियलमीले विश्वभरका युवावर्गका लागि अभूतपूर्व एन्ट्री–लेभल स्मार्टफोन ल्याउन कम्पनीको ‘डेयर टु लिप’ अवधारणालाई जारी राखेको छ ।

कम्पनीका अनुसार रियलमी सी३५ मा फ्लागशिपस्तरको ५० एमपी प्राइमरी क्यामेरा, जिटी २ प्रो जस्तै ठूलो क्षेत्रफल र एफ/१.८ एपर्चर, फोटोमा धेरै विवरणहरु लिन सकिने र ब्लकबस्टर शट लिन प्रयोगकर्ताहरुलाई सजिलो अनुभव गराउँछ । रोमाञ्चक क्यामेरा अनुभव प्रदान गर्न रियलमी सी३५ले थप एफ/२.८ बी राखेको छ । २०२२ मा सबैभन्दा स्टाइलिस एन्ट्री–लेभल स्मार्टफोनको रुपमा डिजाइन गरिेएको, रियलमी सी३५ ८.१ एमएन राइट–एङ्गल बेजेलको साथ आएको छ, जुन सी सिरिजमा सबैभन्दा पातलो फोन हो । यो डाइनामिक ग्लोइङ डिजाइनले प्रयोगकर्ताको व्यक्तित्व झल्काउँछ र फ्युचरिस्टिक र ट्रेन्डी देखाउँछ । यसबाहेक, यो फोन दुई भिन्न रङ्ग–ग्लोइङ्ग ब्ल्याक र ग्लोइङ्ग ग्रीनमा उपलब्ध छ । सी सिरिजअन्तर्गत रियलमी सी ३५ ले टीयूभी स्मार्टफोन हाई रिलायबिलिटी सर्टिफिकेसन र रियल क्वालिटी गरी दुई भिन्न उच्च गुणस्तर प्रदान गर्दछ ।

युनीसोक टी६१६ शक्तिशाली प्रोसेरसँग सुसज्जित रियलमी सी ३५ ले एनटुटु बेन्चमार्कमा २३०७२६ स्कोर प्राप्त गरेको छ । यसबाहेक, रियलमी सी३५, सी सिरिजअन्तर्गतको पहिलो फोन हो, जसमा डीआरई डाइनामिक -याम विस्तार गरिएको छ, यसले लास्ट–जेनभन्दा पनि सहज अनुभव प्रदान गर्दछ । यस्तै रियलमी सी३५ मा सी सिरिजअन्तर्गतको पाँच हजार एमएएच ब्याट्री र १८ वाट फास्ट चार्जको फाइदा लिन सकिन्छ, जसले गर्दा यो स्ट्यान्डबाइमा ३९ दिनसम्म टिक्न सक्छ र ४९ मिनेटमा ५० प्रतिशत चार्ज गर्न सकिन्छ । यसबाहेक, सी सिरिजअन्तर्गत सी ३५ मा ६.६ इन्च एफएचडी फुलस्क्रिन राखिएको छ, जसले आकर्षक भिजुअलको अनुभव प्रदान गर्दछ ।

रियलमी सी ३५ फ्युचरिस्टिक आकर्षक डिजाइन र दुई रङहरु ग्लोइङ ब्ल्याक र ग्लोइङ ग्रिनमा उपलब्ध छ । यसको मूल्य ४/६४ जीबी स्टोरेज भेरियन्टहको २० हजार चार सय ९९ रुपैयाँ र ४/१२८ जीबी स्टोरेज भेरियन्टको मूल्य २१ हजार नौ सय ९९ रुपैयाँ तोकिएको छ । यी स्मार्टफोनहरु नेपाली बजारमा बिहीबारदेखि उपलब्ध भएको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x