Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगबीवाईडीद्वारा सेल्फ ड्राइभलाई ५० वटा ई–६ विद्युतीय गाडीहरू बिक्री

बीवाईडीद्वारा सेल्फ ड्राइभलाई ५० वटा ई–६ विद्युतीय गाडीहरू बिक्री


काठमाडौं । विद्युतीय गाडी बीवाईडीको नेपालको आधिकारिक वितरक सिमेक्स इन्क प्रालिले स्पार्क ग्रुपअन्तर्गतको सेल्फ ड्राइभ प्रालिलाई ५० वटा ई–६ विद्युतीय गाडीहरु बिक्री गरेको छ ।

सिमेक्स इन्क प्रालिका सीईओ शाहिल श्रेष्ठका अनुसार कम्पनीले फ्लिट अपरेसनको लागि दक्षिण एसियामा एकल सबैभन्दा ठूलो मात्रामा विद्युतीय गाडीहरु प्रदान गरेको हो । काठमाडौंमा वातावरणमा प्रदूषण बढिरहेको अवस्थामा बीवाईडीका विद्युतीय गाडीको प्रयोगले प्रदूषणरहित वातावरण निर्माणको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले बताए । उनले बजारमा ल्याइएका दुई गाडीमध्ये एक पटक फुल चार्ज गरे एउटाले ५२२ र अर्कोले ४०० किलोमिटर गुड्नसक्ने जानकारी दिए । बीवाईडीका गाडीमा संसारको सबैभन्दा सेफ ब्याट्री प्रयोग गरिएको उनको दाबी छ । श्रेष्ठले स्पार्क अटो केयर रहेको स्थानमा नै बीवाईडीको स्टेट अफ आर्ट सर्भिस एण्ड ट्रेनिङ सेन्टर पनि सञ्चालनमा ल्याउने जनाए । उनले यी गाडीहरुमा बीवाईडी आफैँले उत्पादन गर्ने बीवाईडी ब्लेड ब्याट्री प्रयोग गर्ने गरेको र जसमा रिप्लेसमेन्ट ग्यारेन्टी आठ वर्षको हुने जनाए । उनले भने, ‘त्यसपछि पनि ब्याट्री क्यापेसिटी ६० प्रतिशत रहन्छ ।’ ‘गाडी फास्ट चार्जमा ४५ मिनेटमा फुल चार्ज हुन्छ तर, घरमा चार्ज गर्दा छदेखि सात घण्टा लाग्छ,’ सेल्फ ड्राइभका सीईओ रोशन पोखरेलले भने । पहिलो चरणमा ‘सेल्फ ड्राइभ’को अवधारणाअन्तर्गत बीवाईडीका विद्युतीय गाडीहरु प्रिमियम रेञ्जमा ल्याइएको स्पार्क अटो केयरले बताएको छ ।

नेपालमा रहेका अन्य विद्युतीय गाडीको तुलनामा सबै हिसाबमा बीवाईडीका गाडी उत्तम रहेको सेल्फ ड्राइभका सीईओ पोखरेलको दाबी छ । ‘क्लियरेन्स र कम्फरटेबलको हिसाबले यी गाडीहरु अझ राम्रा र उत्कृष्ट छन्, अहिले नेपालमा रहेका विद्युतीय गाडीको सेग्मेन्टमा सबैभन्दा राम्रो छ’, पोखरेलले भने ।

कम्पनीका अनुसार नेपालमा यो नयाँ प्रयोग हो । तत्काल ५० वटा गाडी बजारमा ल्याएको कम्पनीले विस्तारै सेवा बढाउँदै जाने प्रतिबद्धता व्यक्त गरेको छ । कम्पनीले आम जनताको लागि एप्लिकेसन र अनलाइनको माध्यमबाट सम्पर्क गर्न सकिने पनि जनाएको छ । यस्तै, सन् २०२५ सम्म काठमाडौंमा शतप्रतिशत विद्युतीय गाडीको प्रयोग देख्न सकिने अवस्थामा पु-याउने पनि कम्पनीले लक्ष्य राखेको छ ।

सेल्फ ड्राइभका सीईओ रोशन पोखरेलले बीवाईडीको ई–६ मोडेलको कारले यात्रुहरुको लागि आवश्यक सबै मापदण्ड पूरा गर्ने विश्वास व्यक्त गरे । उनले भने, ‘बीवाईडीको ई–६ ले सबै मापदण्ड पूरा गर्नेछ, यो छिटो चार्ज हुन्छ । आरामदायी पनि छ ।’ बीवाईडी ई–६ सन् २०१६ मा चीनमा सबैभन्दा बढी बिक्री भएको र सन् २०१५ मा हभाना इन्टरनेशनल फेयरमा ‘बेस्ट क्वालिटी प्रोडक्ट’को गोल्डेन मेडल प्राप्त गर्न सफल गाडी हो ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x