Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनिगमको काठमाडौं–रियाद–काठमाडौं नियमित व्यावसायिक उडान सुरु

निगमको काठमाडौं–रियाद–काठमाडौं नियमित व्यावसायिक उडान सुरु


काठमाडौं । नेपाल वायुसेवा निगमले काठमाडौं–रियाद–काठमाडौं नियमित व्यावसायिक उडान सुरु गरेको छ । नेपाली श्रमिकहरूको महत्वपूर्ण गन्तव्य साउदी अरेबियाको रियादमा निगमले हाललाई हप्तामा दुईवटा उडान सञ्चालन गर्ने भएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंबाट रियादको लागि निगमको पहिलो उडान शुक्रबार १९ः१५ बजे प्रस्थान गरेको थियो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम बहादुर आलेको निर्देशन र कार्यकारी अध्यक्ष युवराज अधिकारीको पहलमा निगमलाई साउदी अरेबियाको रियादमा उडानका लागि २०७८ फागुन २२ गते उडान अनुमति प्राप्त भएपश्चात् उक्त गन्तव्यमा निगमले आफ्नो गन्तव्य विस्तार गरेको हो ।

निगमले हाल भारतको दिल्ली, मुम्बई र बैंलोर, कतारको दोहा, संयुक्त अरब इमिरेट्सको दुबई, मलेसियाको क्वालालम्पुर, थाइल्यान्डको बैंकक, चीनको हङकङ र जापानको नारितामा उडान सञ्चालन गर्दै आएको छ । यस्तै निगमले अब नयाँ गन्तव्यको रूपमा साउदी अरेबियाको रियादसहित ८ मुलुकका १० वटा गन्तव्यहरूमा उडान सञ्चालन गर्ने भएकोे छ ।

उक्त गन्तव्यहरूमध्ये निगमले दिल्लीमा दैनिक दुईवटा उडान सञ्चालन गर्दै आएको छ भने अन्य गन्तव्यहरूमा साप्तहिक रूपमा क्रमशः मुम्बई, बैंलोर, क्वाललम्पुर र बैंककमा तीन–तीन वटा, दोहामा पाँच, दुबईमा पाँच, हङकङमा एक र नारितामा तीनवटा उडान सञ्चालन गर्दै आएको छ । त्यस्तै, दोहा र क्वालालम्पुरको उडान छिटै दैनिकरूपमा (डे रिटर्न प्लाइट) सञ्चालन गर्ने तयारी समेत निगमको रहेको निगमकी प्रवक्ता अर्चना खड्काले जानकारी दिइन् । उक्त गन्तव्यका अन्तर्राष्ट्रिय उडानहरूमा हाल निगमको सिट अकुपेन्सी ८० प्रतिशतभन्दा बढी रहेको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x