Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएक्यूफिटद्वारा नयाँ वेयरेबल डब्लू९ बीटी कलिङ स्मार्ट वाच सार्वजनिक

एक्यूफिटद्वारा नयाँ वेयरेबल डब्लू९ बीटी कलिङ स्मार्ट वाच सार्वजनिक


काठमाडौं । भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्यूफिटले भारतमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्याण्ड नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीको ‘सबैका लागि पहुँचयोग्य प्रविधि’ भन्ने भिजन यसका उत्पादनका सुपथ–मूल्य तथा उच्च प्रदर्शनयुक्त स्पेसिफिकेसनले प्रस्ट पार्छन् ।

आधुनिक प्रविधिले भरपूर एक्यूफिटले ल्याएकफ डब्लू९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोनविना नै थुप्रै कामहरु गर्न सघाउ पु-याउँछ । यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचरहरु उपलब्ध छन् । एक्यूफिटका स्मार्ट वाचहरु स्टाइलिस हुनुका साथै अधिकांश रुपमा फिटनेसतर्फ केन्द्रित रहेका हुन्छन् । यसबाहेक यी डिभाइसमार्फत फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसमसम्बन्ध अपडेट पाउन सकिन्छ । यसमा रहेको ब्लूटूथ ५ ले स्मार्टफोनसँग समन्वय गरी यसमा रहेको इन–बिल्ट स्पिकरमार्फत ब्लूटूथ कलिङको सुविधा उपलब्ध गराएको छ । यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत नै कल रिसिभ गर्न सकिन्छ । एक्यूफिट डब्लू९मा थ्रीडी कर्भ्ड स्क्रीन, जिंक–म्याग्नेसियम एलोय बडी तथा राम्रो टच फंक्सन भएको डिस्प्ले दिइएको छ ।

यसको २४०×२४० पिक्सेलको १.३३ एचडी आईपीएस डिस्प्ले वाटर रेजिस्टेन्ट तथा आईपी६७ डस्टप्रूफ सर्टिफिकेसनसहितको रहेको छ । यसले दिनभर जस्तोसुकै मौसममा पनि स्मार्ट वाच नडराई प्रयोग गर्न सघाउ पु-याउँछ । ‘हाल ठूला शहरी क्षेत्रमा मात्र नभई डिजजटल विश्वमा पहुँच पुग्न बाँकी ग्रामीण भेगका घरधुरीहरुको पनि क्रयशक्ति बढेको छ । हामीले प्रविधिमा दक्खल भएका युवा पींढीका लागि मात्र नभई अत्यावश्यक जानकारी लिन खोज्ने पाका उमेरका व्यक्तिका लागि पनि स्मार्टवाच ल्याउने योजना बनाएका छौँ’, एक्यूफिटका प्रवक्ताले भने । एक्यूफिट डब्लू९ को ब्याट्री २८० एमएएचको भएको र यसमा सुपर फास्ट उच्च स्तरको चिपसेट प्रयोग गरिएकाले एक पटकको चार्जमा लगातार प्रयोग गर्दा ७ देखि १० दिन ब्याट्री ब्याकअप रहनेछ भने ३० दिनको स्ट्याण्डबाइ तथा २ दिन लगातार ब्लूटूथ कलिङ गर्न सकिनेछ ।

कम्पनीका अनुसार डब्लू९ वाच आफसेआफ पहिचान गर्ने विभिन्न मोडहरुमार्फत् अधिकांश महत्वपूर्ण स्पोर्टिङ गतिविधिहरुको निगरानी गर्ने हिसाबले बनाइएको हो । यसले गतिविधिका आधारमा विभिन्न सिग्नलहरु लिएर अत्यधिक सही नतिजा प्रदान गर्दै प्रयोगकर्तालाई आवश्यक क्षेत्रमा सुधार गर्न सुझाव दिन्छ । यो एक्यूफिट डब्लू९को नेपालमा बजार मूल्य सात हजार चार सय ९९ रुपैयाँ तोकिएको छ । एक्यूफिट डब्लू९ नेपालभरीका बजारहरुमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x