Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगओप्पोले ग्रिन टेक्नोलोजीको प्रयोग गर्ने

ओप्पोले ग्रिन टेक्नोलोजीको प्रयोग गर्ने


काठमाडौं । हरेक वर्ष अप्रिल २२ का दिन विश्वभरका मानिसले अर्थ डे (पृथ्वीको वातावरण जोगाउन समर्पित एक दिन) मनाउँदै आएका छन् । टेक्नोलोजी र कलात्मकतामार्फत जीवनलाई उचाइमा पु-याउन प्रयास गर्ने ग्लोबल टेक्नोलोजी कम्पनी ओप्पोले वातावरण संरक्षण र दिगोपनका लागि दीर्घकालीन प्रतिबद्धता अपनाउँदै विश्वव्यापी कर्पोरेट नागरिकको रुपमा आफ्नो जिम्मेवारीलाई पनि प्राथमिकता दिँदै आएको छ । ग्रिन अपरेसन र प्रडक्ट डिजाइनदेखि लिएर वातावरण संरक्षण र दिगोपनका मुद्धाहरुका लागि जनचेतना जगाउनेसम्म, ओप्पोले पृथ्वीको हरित भविष्यलाई प्रवर्द्धन गर्न आफ्नो प्रविधि र ब्रान्ड शक्तिको निरन्तर प्रयोग गरिरहेको छ ।

प्लास्टिकको प्रयोग कम गर्ने र हरियाली उत्पादन विकास गर्ने
संयुक्त राष्ट्रसंघीय वातावरण कार्यक्रमको तथ्यांकअनुसार हरेक वर्ष करिव ११ मिलियन टन प्लास्टिकको फोहोर पृथ्वीको समुद्रमा फ्याँकिन्छ । प्लास्टिकको फोहोर सही तरिकाले डिस्पोज नगर्नाले यसले पानी र माटो प्रदूषित गर्छ र खानाको माध्यमबाट मानव शरीरमा पुग्छ । आफ्नो प्याकेजिङ्गमा प्रयोग हुने प्लास्टिकको मात्रा घटाउन, ओप्पोले ‘थ्रीआर १ डी’लाई अन्तर्राष्ट्रियस्तरमा मान्यताप्राप्त प्याकेजिङ सिद्धान्तहरु अपनाएको छ, जुन न्यूनीकरण, पुनरावृत्ति, पुनः प्रयोग गर्न योग्य र नष्ट हुन योग्यमा केन्द्रित छ ।

ओप्पोले २०१९ देखि युरोपमा आफ्नो प्याकेजिङ्गमा प्लास्टिकको प्रयोगलाई ९५ प्रतिशतले सफलतापूर्वक घटाएको छ, साथै परम्परागत प्लास्टिकको प्रयोगलाई विस्थापित गर्न बायोडिग्रेडेबल पोलिल्याक्टिक एसिडको प्रयोग गर्दै आएको छ । यस वर्षको सुरुमा लन्च गरिएको ओप्पो फाइभजी सीपीई टी टु आंशिक रुपमा उपभोक्ता उत्पादनहरुबाट उत्पन्न पीसीआर (पोस्ट कन्ज्युमर रिसाइकल प्लास्टिकबाट) बनाइएको हो ।

कागजको खपत घटाउने र फोहोर उत्पादन पुनः प्रयोग गर्ने
वन धेरै प्राकृतिक स्रोतहरुको घर हो जहाँ मानिसहरु बाँच्नको लागि निर्भर हुन्छन् । यद्यपि, अत्यधिक वन विनाशका कारण एमाजोन रेनफरेष्टले विगत ५० वर्षहरुमा १७ प्रतिशत क्षेत्र गुमाएको छ । वन विनाश र वन क्षेत्रको कमी पृथ्वीमा जैविक विविधताको लागि प्रत्यक्ष खतरा हो, साथै ग्लोबल वार्मिङको एक उत्प्रेरक हो ।

काठ फाइबरको खपत कम गर्न, ओप्पोले सम्भव भएसम्म पुनः प्रयोग गरिएको सामग्रीको प्रयोग गर्दछ । उदाहरणका लागि, युरोपमा ओप्पो फाईन्ड एक्स फाइभ सिरिजको प्याकेजिङ्ग लगभग ४५ प्रतिशत रिसाइकल फाइवरबाट बनेको छ । यो फाइबर पुनः प्रयोग गरिएको कागज वा अन्य जैविक फोहोरहरु, उखु र बाँसबाट आउँछ ।

उत्पादनको जीवनचक्र बढाउने र ई–फोहोरको नयाँ उद्देश्य निकाल्ने
विगत ५ वर्षमा विश्वव्यापी रुपमा उत्पन्न हुने इलेक्ट्रोनिक फोहोरको मात्रा २१ प्रतिशतले वृद्धि भएको छ, जसले यसलाई घरायसी फोहोरको सबैभन्दा छिटो बढ्ने माध्यम बनाएको छ । यद्यपि, विद्युतीय फोहारको १७.४ प्रतिशत मात्र पुनः प्रयोग गरिन्छ । इलेक्ट्रोनिक फोहोरले वातावरणमा निम्त्याउने दीर्घकालीन खतरालाई आत्मसात् गर्दै ओप्पोले आफ्ना उत्पादनहरुलाई अझ टिकाउ बनाउँदै छ । यसले वातावरणमा पर्न सक्ने नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न, खेर जाने इलेक्ट्रोनिक उत्पादनहरुको रिसाइकल गर्ने कार्यक्रमहरु पनि गर्दै आइरहेकोे छ ।

कम्पनीको लन्च ओप्पो फाईन्ड एक्स फाइभ सेल्फ–डेभलप्ड हेल्थ इन्जिनले बनाइएको छ । यसले स्मार्टफोनको ब्याट्री ८० प्रतिशत बढाउँछ र ८० वाट सुपर भोक फ्लास चार्ज टेक्नोलोजी प्रयोग गरेर लगभग १६ सय फुल चार्ज गर्छ । हालसम्म ओप्पोले विभिन्न देशहरुमा रिसाइकलिङ्ग पुनरावृत्ति कार्यक्रमहरु स्थापना गरी ट्रेड इन सेवा प्रदान गरिसकेको छ । चीनलाई उदाहरणका रुपमा लिने हो भने ओप्पोले आफ्नो पुनरावृत्ति कार्यक्रममार्फत २०२१ मा १२ लाखभन्दा बढी मोबाइल फोन सङ्कलन गरेको छ । यो २१६ टनभन्दा बढी इलेक्ट्रोनिक फोहोर बराबर हो ।

ओप्पोले आफ्नो औद्योगिक र गैरसरकारी संस्थाको साझेदारीमार्फत फोहोर ईलेक्ट्रोनिक उत्पादनको रिसाईकल प्रवर्द्धन गर्न पनि मद्दत गरिरहेको छ । युरोपमा ओप्पोले स्थानीय रिसाइक्लिङ प्रणालीलाई आर्थिक सहयोग प्रदान गर्न लागेको छ । यस्तै इलेक्ट्रोनिक फोहोरको रिसाइक्लिङ्ग कार्यक्रम कार्यान्वयन गर्न व्यावसायिक तेस्रो पक्ष रिसाइक्लिङ्ग संस्थाहरुसँग साझेदारी गर्दैछ । अस्ट्रेलियामा, ओप्पोले तारोङ्गा संरक्षण समाजसँग काम गरिरहेको छ । साथै जनतालाई उनीहरुको फोहोरको इलेक्ट्रोनिक उत्पादनहरु सही तरिकाले पुनः प्रयोग गर्न र ई–फोहोरको मात्रा घटाउन आह्वान गरिरहेको छ ।

ओप्पो इको रेटिङ लेबलिङ योजनामा सामेल हुने पहिलो स्मार्टफोन कम्पनीहरुमध्ये एक होे । जुन युरोपका धेरै अग्रणी अपरेटरहरुले उनीहरुको सम्पूर्ण लाइफसाइकलमा मोबाइल फोनहरुको वातावरणीय कार्यसम्पादन मूल्याङ्कन गर्न सिर्जना गरेको कार्यक्रम हो । यस योजनामा आफ्नो सहभागितामार्फत ओप्पोले दिगो रुपान्तरण गर्न उद्योगका अन्य व्यक्तिहरुसँग मिलेर काम गरिरहेको छ ।

प्रविधिमार्फत दिगोपन प्रवर्द्धन गर्न विभिन्न सरोकारवालाहरुसँग साझेदारी
ओप्पोले आफ्नै प्रविधि मार्फत वातावरणीय संरक्षण र दिगोपनसम्बन्धी समस्याहरुको समाधान मात्र प्रदान गर्दैन तर यी समस्याहरु समाधानका लागि मद्दत गर्न विश्वभरका मानिसहरुलाई सूचीबद्ध गर्दै एनजीओहरुसँग साझेदारी गर्दै छ ।

इटालीमा, ओप्पोले स्थानीय एनजीओ– फ्रि प्लाष्टिक ओडीभी अनलससँग साझेदारी गरेको छ, जसले २०२१ मा पाँच सहरमा फोहोर सङ्कलन गतिविधि सञ्चालन गरेको छ । एक हजारभन्दा बढी स्वयंसेवकको सहयोगमा कार्यक्रममार्फत १० टनभन्दा बढी प्लाष्टिक फोहोरलाई पुनः प्रशोधन गरिएको छ । अष्ट्रेलियामा, ओप्पोले ग्रेट ब्यारियर रिफले सामना गरिरहेको वातावरणीय संकटबारे सचेतना जगाउन र यसप्रति आह्वान गर्न एआर एप प्रयोग गरी रिस्टोरेसन फाउन्डेसन (आरआरएफ) सँग पनि साझेदारी गरेको छ । २०२१ मा, ओप्पोले आरआरएफलाई २०२६ सम्म ग्रेट ब्यारियर रिफमा १० लाख नयाँ कोरलहरु उत्पादनका लागि मद्दत गर्न ५२ हजार डलर रकम प्रदान गरेको छ ।

हाल १० लाख प्रजातिहरु लोप हुने खतरामा रहेकाले ओप्पोले यी प्रजातिहरुले प्रकृतिमा थप्ने रङ र सौन्दर्यलाई जोगाउन प्रविधिको प्रयोग गर्ने आशा राखेको छ । लगातार दोस्रो वर्ष, नेशनल जियोग्राफीसँग ओप्पोको लोपोन्मुख ‘कलर क्याम्पेन’ लोपोन्मुख र जोखिममा रहेका जनावरहरुको सुन्दर इमेजरी प्रयोग गरी जैविक विविधता संरक्षण गर्न थप मानिसहरुलाई प्रेरित गरेको छ । अभियानमा गैरनाफामुखी ‘नेशनल जिओग्राफी सोसाइटी’ र यसको वन्यजन्तु संरक्षणका लागि समर्थन पनि समावेश छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x