Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगवायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउन जोड

वायुप्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोग बढाउन जोड


काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायुप्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगलाई बढाउनुपर्नेमा जोड दिएका छन् । शुक्रबार विद्युतीय सवारीसाधनसम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले वायु प्रदूषण कम गर्न विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिनुपर्नेमा जोड दिए ।

पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकाशिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै उनले विद्युतीय सवारीको प्रयोगलाई बढावा दिनुपर्ने बताए । ‘यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बहिर्गमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको सन्दर्भमा विश्व उष्णीकरण, हरित ग्यासहरु तथा हानिकारक कणजन्य तत्वको उत्सर्जन गर्ने विषयहरु जस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकारात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकाश गर्नुपर्ने अवश्यकता छ’, उनले भने । यस्तै उनले देशमा वायुप्रदूषण बढिरहेकोले यसको नियन्त्रण गर्ने गरी काम गर्न अनुसन्धानकर्तालाईं आग्रह गरे ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x