Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन

ग्रामीण क्षेत्रमा जान दन्त चिकित्सकलाई प्रोत्साहन


काठमाडौं । चितवनको सौराहामा सम्पन्न अर्थोडेन्टिक चिकित्सकहरुको राष्ट्रिय सम्मेलनले सहरी क्षेत्रमा मात्रै केन्द्रित नभएर ग्रामीण क्षेत्रमा समेत गएर सेवा गर्नका लागि दन्त चिकित्सकहरुलाई प्रोत्साहन गर्नुपर्ने बताएको छ ।

पछिल्लो समय अर्थोडेन्टिक चिकित्सकहरु सहरकेन्द्रित हुने गरेको गुनासो आउन थालेपछि उनीहरुको राष्ट्रिय सम्मेलनले चिकित्सकहरुलाई ग्रामिण क्षेत्रमा जान प्रेरित गर्नुपर्ने बताएको हो । अर्थोडेन्टिक एण्ड डेन्टोफेन्सियल अर्थोपोडिक एसोसिएसन अफ नेपालका अध्यक्ष अध्यक्ष डा दशरथ काफ्लेले ग्रामीण क्षेत्रमा दाँत मुखको स्वास्थ्यसम्बन्धी बढी समस्या देखिएको कारण चिकित्सकहरुले ग्रामीण क्षेत्रमा जानुपर्ने बताए । ‘पछिल्लो समय ग्रामीण क्षेत्रमा मुख स्वास्थ्यसम्बन्धी बिरामीहरु बढ्दै गइरहेको छन्’, डा. काफ्लेले भने, ‘हामी चिकित्सकहरु ग्रामीण क्षेत्रमा गएर स्वास्थ्योपचारसँगै उनीहरुमा जनचेतना जगाउने काम गर्नुपर्छ ।’ दन्तचिकित्सा क्षेत्र विस्तार र दक्षलाई नेपालमा नै स्थायित्व दिन सबै क्षेत्र पहल गर्नुपर्ने डा.जितेन्द्र शाहले बताए ।

नेपालमै गुणस्तरीय सेवा प्रवाह गर्न नेपाली अर्थोडेन्टिकहरु सफल भएकाले उल्लेख गर्दै राष्ट्रिय सम्मेलनको संयोजक वसन्तकुमार श्रेष्ठले नेपाल सरकारले मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रमहरु ल्याउनुपर्ने बताए । शुक्रबार र शनिबार भएको उक्त राष्ट्रिय सम्मेलनमा नेपालका सहित भारत, बङ्गलादेशसहितका विशेषज्ञ चिकित्सकहरुको सहभागिता रहेको थियो ।

सम्मेलनका क्रममा चिकित्सापद्धतीमा गुणस्तर वृद्धि, अनुसन्धानमूलक कार्यक्रम, नयाँ प्रविधिबारे छलफल भएको सहसंयोजक डा. पूजा कोइरालाले बताइन् । दाँतको समस्यासँगै अर्थोडेन्टिक उपचारका क्षेत्रमा आएका नवीन उपचारका प्रविधि तथा खोज अनुसन्धानबारे जानकारी दिई दक्ष चिकित्सक बनाउन सम्मेलन र कार्यशाला महत्वपूर्ण भएको कोइरालाले उल्लेख गरिन् । सम्मेलनमा डा.जितेन्द्र शाह, डा. वीरेन्द्र शाह, डा.पिङकी शाहको विशेष प्रस्तुती समेत रहेको थियो । दन्त चिकित्सा चिकित्सक शास्त्रको एक प्रमुख अङ्ग हो । दन्त चिकित्सामा जम्मा आठवटा हाँगाहरू हुन्छन्, त्यसमध्ये बाङ्गाटिङ्गा छिद्रा भएको, दाँत बाहिर भएको गिजा देखिने समस्याहरूलाई समाधान गर्न दाँतमा बाँधेर मिलाउने चिकित्सा प्रणालीलाई अर्थिडोलिक्स विषय भनिन्छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x