Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगसामसङ ग्यालेक्सी ‘ए’ सिरिजका तीन फोन नेपाली बजारमा

सामसङ ग्यालेक्सी ‘ए’ सिरिजका तीन फोन नेपाली बजारमा


काठमाडौं । सामसङ इलेक्ट्रोनिक्स कम्पनिले ‘ए’ सिरिजका तीनवटा फोन नेपाली बजारमा सार्वजनिक गरेको छ । आइतबार पत्रकार सम्मेलन गरी ग्यालेक्सी ‘ए’ ७३ फाइभ ‘जी’, ग्यालेक्सी ‘ए’ ५३ फाइभ जी र ग्यालेक्सी ‘ए’ ३३ फाइभ ‘जी’ले एक विशिष्ट मूल्यमा समग्र मोबाइलको अनुभव प्रदान गर्दै नवीनतम ग्यालेक्सी आविष्कारहरुको पूरा प्याकेज प्रदान गर्ने जानकारी गराएको छ ।

यी नवीन उत्पादनहरुको अनावरण सामसङ इलेक्ट्रोनिक्सका उपाध्यक्ष सङ्गजनपार्क, सामसङ नेपालका निर्देशक प्रणयरत्न स्थापित र विस्तारित सामग्री सर्जक आकृति राजभण्डारीले संयुक्त रुपमा गरेका थिए । अनावरणपश्चात् प्रणय रत्न स्थापितले यो मोबाइल वास्तवमै के हो भनेर उपस्थित दर्शकहरुको ध्यान खिचिन् । ग्यालेक्सी ‘ए’ सिरिज बिल्कुलै नयाँ प्रोसेसरद्वारा पावर्ड गरिएको छ भने ग्यालेक्सीको पहिचान ओआईएसयुक्त एआई क्यामरा, व्यापकता र चिल्लो डिस्प्ले, आइपि ६७ रेटिङ्ग र धेरै समय चल्ने ब्याट्रीजडित छ । यस्तै नयाँ ग्यालेक्सी ‘ए’ सिरिजमा फाइभजी’ कनेक्टिभिटी, रक्षात्मक ग्रेड सुरक्षा, वातावरण सचेत, स्टाइलिस र छरितो डिजाइन, र उन्नत सम्पर्क अनुभवहरु प्नि रहेका छन् । साथै सबै उपकरणहरुले मोबाइल अनुभव सधैं नै अद्भुत भएको सुनिश्चित गर्न वान युआइ र चौथो पुस्ताको स्तरोन्नति गरिएको एण्ड्रोइड ओएस र सुरक्षालाई पनि निरन्तर समर्थन गर्छन् ।

कम्पनीका अनुसार ग्यालेक्सी ‘ए’ ७३ फाइभ ‘जी’ ८/२५६ जीबी नेपाली ७२ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो फोन खैरो, अद्भूत पुदिना र अद्भुत श्वेत कलरमा पाइन्छ । ग्यालेक्सी ‘ए’ ७३ फाइभ ‘जी’ ८/१२८ जीबी ५५ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो फोन कालो, अद्भुत नीलो र अद्भुत आरु कलरमा पाइन्छ । ग्यालेक्सी ‘ए’ ३३ फाइभ जी ८/१२८ जीबी ४६ हजार नौ सय ९९ रुपैयाँमा उपलब्ध छ । यो फोन पनि कालो, अद्भुत नीलो र अद्भुत आरु कलरमा पाइन्छ । यी उत्पादनहरु खरिद गर्न सहज होस् भन्नको लागि सामसङले मासिक किस्ता (ईएमआई)को सुविधा पनि ल्याएको र चुनिएका स्टोरहरुबाट एक्सेन्ज सुविधाहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

कार्यक्रममा के–पप ग्रुप सेलेस्टिएलले भरपूर मनोरञ्जन प्रस्तुत गरेको थियो । सामसङले नवीनतम प्रविधिहरुलाई उनीहरुको फोनहरुमा कसरी अनुकूल गर्ने गरेको छ भनेर ‘ए’ सिरिजको एउटा लघु चलचित्र पनि प्रदर्शन गरेको थियो । कार्यक्रमको समापनमा मिडियाको लागि आकर्षक लक्की ड्र गरेर गरिएको थियो, जसमा तीन जना भाग्यशाली विजेताहरुले नयाँ ग्यालेक्सी ‘ए’ ७३ , ‘ए’ ५३ र ‘ए’ ३३ फाइभ जी प्राप्त गरेका थिए । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x