Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगनेपाल टेलिकमले सदर चिडियाखानामा जनावरका लागि १ वर्षसम्मको आहारा व्यवस्था गर्ने

नेपाल टेलिकमले सदर चिडियाखानामा जनावरका लागि १ वर्षसम्मको आहारा व्यवस्था गर्ने


काठमाडौं।नेपाल टेलिकमले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय प्रकृति संरक्षण कोष, सदर चिडियाखाना जावलाखेलमा रहेका जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको प्रायोजन गरेको छ ।

यससम्बन्धी सम्झौतापत्रमा आइतबार हस्ताक्षर भएको कम्पनीले जनाएको छ । सम्झौतामा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र सदर चिडियाखाना, जावलाखेलको तर्फबाट निर्देशक रचना शाहले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारी र दुवै संस्थाका अन्य पदाधिकारीहरुको समेत उपस्थिति रहेको थियो । कोषका प्रमुख व्यावसायिक अधिकृत पहाडीले नेपाल टेलिकम र सदर चिडियाखानाबीच आगामी दिनमा समेत आपसी हित अभिवृद्धि हुने गरी विभिन्न कार्यक्रम गर्न सकिने र यो एउटा सुरुवात भएको बताइन् । राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरद अधिकारीले धेरै पर्यटकहरुको उपस्थिति हुने सदर चिडियाखानामा नेपाल टेलिकमसँगको सम्झौताले दुवै पक्षलाई फाइदा पुग्ने र कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कम्पनीबाट प्राप्त यो सहयोगलाई राष्ट्रिय प्रकृति संरक्षण कोषले सदुपयोग गर्ने विश्वास दिलाए ।

सम्झौताअनुसार नेपाल टेलिकमले चिडियाखानामा रहेको एउटा बाघ र अन्य जनावर तथा पन्छीहरुको लागि एक वर्षसम्म आहाराको व्यवस्थाका लागि रकम उपलब्ध गराउने छ । नेपाल टेलिकमले समय समयमा विभिन्न वर्ग तथा क्षेत्रलाई लक्षित गर्दै संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न क्षेत्रमा सहयोग गर्दै आइरहेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया

guest
0 Comments
Inline Feedbacks
View all comments

0
Would love your thoughts, please comment.x
()
x