Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगलेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम जाँदा सलमान खान शोको टिकट पाइने

लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुम जाँदा सलमान खान शोको टिकट पाइने


काठमाडौं । नेपाली बजारमा उपलब्ध प्रसिद्ध चिनियाँ इलेक्ट्रिक स्कुटर लेभ्निङको शोरुम भ्रमण गर्दा समेत सलमान खान शोको टिकट पाउन सकिने भएको छ । त्यसैगरी एक जनाले लेभ्निङ इलेक्ट्रिक स्कुटर समेत पाउन सक्नेछन् । नेपालका लागि लेभ्निङ इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले यो स्किम ल्याएको हो ।

यसअनुसार लेभ्निङका कुनै पनि शोरुम भिजिट गर्दा लक्की ड्रमार्फत दुईवटा सलमान खान शोको टिकट पाउन सकिनेछ भने बम्परमा एक जनाले सो इलेक्ट्रिक स्कुटर पाउनेछन् । शोरुममा गएर ग्राहकले स्कुटर टेस्ट राइड गर्नुका साथै एउटा फारम भर्नुपर्नेछ । आगामी मे २८ अर्थात् जेठ १४ गते दशरथ रंगशालामा आयोजना हुने ‘टुबोर्ग द–बङ द टुर – रिलोडेड’ नामक सलमान खान शोलाई लक्षित गरी यो स्किम ल्याएको बताइएको छ । नेपाली बजारमा लेभ्निङका विभिन्न मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध छन् । बज्र ग्रुपले नेपाली बजारमा ३० वर्षभन्दा लामो समयदेखि सेवा प्रदान गर्दै आएको छ । लेभ्निङ इलेक्ट्रिक स्कुटर बिक्री–वितरणका लागि यसका देशभर पाँच सयभन्दा बढी दक्ष कर्मचारीहरुको समूह छ । १० भन्दा बढी डिलर र सात भन्दा बढी सर्भिस प्वाइन्टमार्फत यसले सेवा प्रदान गरिरहेको छ ।

चीनको सांघाईदेखि १६० किलोमिटर टाढा रहेको जियाङसु प्रान्तको चाङझाउ सहरमा अवस्थित लेभ्निङ ई–बाइकको स्थापना सन् १९९९ मा भएको थियो । लेभ्निङ ई–बाइकले नै लेभ्निङ कम्पनीको स्थापना गरेको थियो । यो चीनको तेस्रो सबैभन्दा ठूलो ईभी उत्पादक कम्पनी हो । यो दुईपांग्रे सवारीका सबै रेन्ज प्रदान गर्ने एक मात्र कम्पनी हो र वार्षिक रुपमा ३० लाख युनिट सवारीसाधन उत्पादन गर्छ । त्यसैगरी यो कम्प्पनीका उत्पादन विश्वका ६० भन्दा बढी देशमा निर्यात हुन्छन् र यसरी निर्यात गर्ने दोस्रो ठूलो कम्पनी हो ।

ग्राहक सन्तुष्टिको आधारमा यो कम्पनीले पहिलो स्थान हासिल गरेको छ र जेडी पावरद्वारा यसका लागि चार पटक पुरस्कृत भइसकेको छ । चीनमा यो कम्पनीका पाँच हजारभन्दा बढी आउटलेट सञ्चालित छन् । नेपाली बजारमा एलएक्स०१, एलएक्स०२, एलएक्स०४, एलएक्स०५, एलएक्स०५–डी, एलएक्स०६, एलएक्स०६ म्याक्स, एलएक्स०८, एलएस०१ र एम०४ मोडलका स्कुटर उपलब्ध छन् । यी स्कुटरको मूल्य एक लाख १० हजार देखि पाँच लाख ५९ हजार रुपैयाँसम्म छ ।

काठमाडौं उपत्यकाको नक्साल, भैसेपाटी र बाफल, पाटनका साथै उपत्यकाबाहिर धनगढी, पाल्पा, पोखरा साथै नेपालको २० नयाँ सहरमा चाँडै नयाँ शोरुम सञ्चालनमा आउन लागेको कम्पनीले जनाएको छ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया