Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगफोनपे आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकृत

फोनपे आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकृत


काठमाडौं । फोनपे पेमेन्ट सर्भिस लिमिटेड आईएसओ २७००१ः२०१३ बाट प्रमाणीकरण हुन सफल भएको छ । फोनपेले आफ्नो सेवामा उच्च गुणस्तरीयता प्रदान गरेको हुनाले आईएसओ (इन्फरमेसन सेक्युरिटी म्यानेजमेन्ट)२७००१ः२०१३ बाट प्रमाणपत्र पाएको हो ।

कम्पनीका अनुसार यस किसिमको प्रमाणीकरणले फोनपेको दायराअन्तर्गत गरिएका सबै कारोबार सुरक्षित रहेको र भुक्तान गर्ने ग्राहकका हरेक डाटा सुरक्षा गर्न कम्पनी प्रतिबद्ध छ भन्ने कुराको थप प्रमाणित गरेको छ । आईएसओबाट प्रमाणिकरण भएसँगै फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस सापकोटाले फोनपे आम ग्राहकले सुरक्षित तवरले कारोबार गर्न सकून् भन्ने कुरामा प्रतिबद्ध रहेको र निरन्तर आफ्नो पूर्वाधारमा लगानी गरिरहेको बताए ।

यस्तै फोनपेका हेड अफ सेक्युरिटीका आस्लम अलीले आईएसओको प्रमाणीकरणले ग्राहक र कम्पनीको डाटा सुरक्षाको लागि कम्पनी प्रतिबद्ध रहेको देखाएको बताए । फोनपले यसअघि पनि डाटा सुरक्षा मापदण्ड ‘पेमेन्ट कार्ड इन्डष्ट्री डाटा सुरक्षा मापदण्ड’ (पीसीआइ डीएसएस भिथिटुवान) प्रमाणीकरण प्राप्त गरिसकेको छ । 


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया