बजेटले बिस्कुट उद्योगीहरू उत्साहित : बिस्कुट उत्पादक संघ
काठमाडौं । सरकारले हालै संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटले बिस्कुट उद्योगीहरु उत्साहित भएको नेपाल बिस्कुट उत्पादक संघले जनाएको छ । संघका महासचिव बिक्रम कर्माचार्यले एक विज्ञप्ति जारी गरी सरकारले बजेटमार्फत बिस्कुटजस्तो स्वदेशी उद्योगको उत्थानको लागि सकारात्मक निर्णय गरेको बताएका छन् ।
यस्तै संघका अनुसार बिस्कुट उत्पादन गर्दा चाहिने पाम आयल, पामोलिनलगायतका कच्चापदार्थ नेपालमा उत्पादन नहुने हुँदा विदेशबाट नै आयात गर्नुपर्ने बाध्यता छ । बजेटमार्फत सरकारले उद्योग विभागको सिफारिसमा बिस्कुट उद्योगले पाम आयल, पामोलिनलगायतका कच्चापदार्थ नेपालमा आयात गर्दा पाँच प्रतिशत भन्सार महसुल र विदेशबाट बिस्कुट आयात गर्दा अन्तःशुल्क १५ प्रतिशत लाग्ने प्रावधान कायम गरी स्वदेशी उद्योगको संरक्षण गर्नुपर्छ भनी सकारात्मक सन्देश दिन खोजेको संघको भनाइ छ ।
स्वदेशी उद्योगको यथार्थ समस्या बुझेर सरकारले यस्ता सकारात्मक सहयोग गरिदिने हो भने आगामी दिनमा बन्द भएका उद्योगहरु सञ्चालन भई नयाँ उद्योग खोल्न समेत प्रोत्साहन मिल्ने संघले जनाएको छ । सरकारको यो निर्णयले भोलिको दिनमा स्वदेशी उद्योगले आफ्नो उत्पादन वृद्धि गरी निकासी समेत गर्न सक्ने वातावरण बन्नसक्ने संघको विश्वास छ ।
नेपालमा आठ वर्ष अगाडिसम्म लगभग ३५ वटा बिस्कुट उद्योग रहेका थिए । आयातित बिस्कुटसँग प्रतिस्पर्धा गर्न नसकेकै कारण अहिले १८ वटा ठूला बिस्कुट उद्योगमा सीमित हुनुपरेको संघको भनाइ छ । संघका अनुसार अहिले नेपालमा अन्तर्राष्ट्रिय गुणस्तरको बिस्कुट उत्पादन हुँदै आएको छ । १० अर्बभन्दा माथिको लगानी रहेको यी उद्योगहरुले राजस्वमा योगदान दिनुका साथै हजारौँको संख्यामा रोजगारी सिर्जना समेत गरिरहेका छन् । साथै संघले सीमाबाट विभिन्न माध्यम प्रयोग गरी तस्करी भई आउने बिस्कुटलाई राजस्व अनुसन्धान विभागले राजस्व गस्ती परिचालन गरी रोक्नसकेमा बजेटको उद्देश्य सफल हुने भन्दै संघले त्यसतर्फ ध्यानाकर्षण समेत गराएको छ ।
क्याटेगोरी : कर्पोरेट
ताजा अपडेट
- १९ सय २१ अंकमा खुम्चियो सेयर बजार
- ग्लोबल आईएमई बैंक ‘स्वस्थ नारी पहल’अन्तर्गत निःशुल्क महिला स्वास्थ्य शिविरको आयोजना
- सेञ्चुरी बैंक र हिमालय दृश्य रिसोर्टबीच सम्झौता
- सूर्या लाइफ र ज्योति लाइफ इन्स्योरेन्सबीच मर्जर सम्झौता
- आईएमई लाइफको ‘बालकिरण जीवन बीमा’
- माछापुच्छ्रे बैंकद्वारा हलेसी मन्दिरलाई भक्तजन गन्ने मेसिन हस्तान्तरण
- एनआईसी एसियाको मोबाइल बैंकिङ एपमार्फत एयरलाइन्स टिकटमा ‘क्यास ब्याक’
- बाइडेन–सी फोनवार्ता यही हप्ता
धेरैले पढेको
- बढ्दो सहकारी जोखिम र सहकारी सुशासन
- सरकारी विद्यालयको निर्माण सामग्री प्रधानाध्यापकबाटै चोरी प्रहरीले दर्ता गर्न मानेन उजुरी
- असहज परिस्थितिका कारण जटिल बनेको देशको जर्जर अर्थव्यवस्था
- हालको तरलताको अवस्था र त्यसका कारणहरू
- संस्थापक सेयरलाई खरिदबिक्रीको व्यवस्था गर्न पाउने नीति बनाउन माग
- नागरिक समाज, विकास र जवाफदेहिता
- उद्योगको क्षमता उपयोग ७० प्रतिशत वृद्धि
- सुर्योदय टोल विकास संस्थाको तेस्रो बार्षिक साधारण सभा सम्पन्न
तपाईको प्रतिक्रिया