Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगएसियन पेन्ट्सको ‘कलर नेक्स्ट’ सम्पन्न

एसियन पेन्ट्सको ‘कलर नेक्स्ट’ सम्पन्न


काठमाडौं । एसियन पेन्ट्स नेपालले कलर नेक्स्ट २०२२ को सफलतापूर्वक आयोजना गरेको छ । जसमा सोसाइटी अफ नेपालिज आर्किटेक्ट्स (सोना) र इन्टेरियर डिजाइनर एसोसिएसन नेपाल (आइडिया नेपाल)लगायतका संस्थाबाट प्रख्यात आर्किटेक्ट र इन्टेरियर डिजाइनरहरूको सहभागिता रहेको थियो ।

एसियन पेन्ट्सले वार्षिक रूपमा कलर नेक्स्ट आयोजना गर्दै आएको छ, जसले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूको अध्ययन गरेर डिजाइनको दिशानिर्देश हासिल गर्न योगदान पु-याउँदै आएको छ ।

यस कार्यक्रमका सहभागीहरूले डिजाइन उद्योगमा प्रासंगिकतायुक्त फरक प्रवृत्तिहरू पत्ता लगाउन विशेषज्ञ अन्तर्वार्ता, संयुक्त कार्यशालाहरूका साथै अनुसन्धानमार्फत छ महिना कडा अनुसन्धान गर्नुपर्ने हुन्छ ।

शुक्रबार ह्यात रिजेन्सी होटलमा आयोजित कलर नेक्स्ट कार्यक्रममा एसियन पेन्ट्स ग्लोबलका प्रमुख कार्यकारी अधिकृत प्रज्ञान कुमारले विश्वव्यापी, सामाजिक–सांस्कृतिक तथा वातावरणीय प्रवृत्तिहरूमा आएको सकारात्मक परिवर्तनले आत्मसात् गर्दै डिजाइन तयार गर्नु आवश्यक रहेको बताए । एसियन पेन्ट्स ग्लोबलका क्षेत्रीय प्रमुख सिरीश राव र एसियन पेन्ट्स नेपालका प्रमुख जी गोपालकृष्णनद्वाराले डिजाइनहरुलाई कलरले मूर्त रुप दिनसक्ने बताए ।

कार्यक्रमको मुख्य आकर्षणको रुपमा एलिफेन्ट डिजाइनका सह–संस्थापक र निर्देशक अश्विनी देशपाण्डेले यस वर्षका लागि चार प्रवृत्तिहरू हामी सँगै, सबै ठीक हुनुहुन्छ भन्नेमा हामी आत्मविश्वासी छौं, एकल व्यापार, कला र गुलाबी रंगलगायतको घोषण गरिन् ।

एसियन पेन्ट्स नेपालले आर्किटेक्ट र इन्टेरियर डिजाइनरका लागि पनि मुड बोर्ड प्रतियोगिता सुरु गरेको थियो जहाँ उनीहरूले घोषणा गरिएका चार ट्रेन्डमध्ये एउटाको व्याख्या र प्रयोग गरेर आफ्ना इन्टेरियर प्रतिभा प्रदर्शन गर्न सक्छन् । मुड बोर्ड प्रतियोगिताका उत्कृष्ट पाँच विजेताहरुलाई एसियन पेन्ट्स नेपालले पुरस्कृत गर्नेछ ।

कलर नेक्स्टको सन्दर्भमा कन्सेप्सन इन्टेरियर प्रालिकी निर्देशक तेजिता वैद्य अमात्यले भनिन्, ‘कलर नेक्स्ट २०२२ एक राम्रो अनुसन्धान गरिएको प्लेटफर्म हो र कलर नेक्स्ट २०२२ मार्फत गरिएको रङको पूर्वानुमान समाजमा गहन अनुसन्धानको नतिजा हो ।

हाम्रो डिजाइनमा यी प्रवृत्तिहरू लागू गर्न एक सजिलो एप्लिकेसन छ– हामी प्रत्येक ट्रेन्डबाट सामग्री, बनावट रङ लिन सक्छौँ र निश्चित इन्टेरियर स्थानको लागि उपयुक्त हुने गरी निश्चित ढंगले तिनको प्रयोग गर्नसक्छौँ । डिजाइनरको रूपमा, यी ट्रेन्डहरूले हामीलाई हाम्रो सिर्जनात्मक झुकावलाई यथासक्दो उजागर गर्न मद्दत गरेको मलाई लाग्दछ ।’


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया