Techie IT
आजको आर्थिक दैनिक

Aarthik Dainik

An Economic Newsportal

गृहपृष्ठकर्पोरेट-वाणिज्य-उद्योगरियलमीले नेपालमा जीटी नियो ३ र जीटी २ प्रो सार्वजनिक गर्ने

रियलमीले नेपालमा जीटी नियो ३ र जीटी २ प्रो सार्वजनिक गर्ने


काठमाडौं । स्मार्टफोन ब्रान्ड रियलमीले २०२२ का दुई सबैभन्दा रोमाञ्चक स्मार्टफोनहरु नेपालमा सार्वजनिक गर्ने घोषणा गरेको छ । कम्पनीले विश्वको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन रियलमी जीटी नियो ३ सँगै सबैभन्दा प्रिमियम फ्लागिशिप रियलमी जीटी २ प्रो ल्याउन लागेको हो । रियलमीले गत वर्ष सार्वजनिक भएको रियलमी जीटी नियो २ प्रोको सफलतापछि रियलमी जीटी ३ सार्वजनिक गर्न लागेको हो ।

कम्पनीका अनुसार जीटी नियो ३ विश्वको र नेपालको सबैभन्दा छिटो चार्ज हुने स्मार्टफोन हुनेछ । १५० वाट अल्ट्रा डार्ट चार्जले मात्र पाँच मिनेटमा ०–५० प्रतिशत चार्ज गर्छ । जीटी नियो ३ को साथसाथै, रियलमी जीटी २ प्रोे पनि आफ्नो नविनता र उत्कृष्टता झल्काउँदै सार्वजनिक हुनेछ । कम्पनीले यी दुवै स्मार्टफोन असार ३ गते नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ ।

रियलमी जिटो नियो ३
आधुनिक जीवनको साथमा, हालका प्रयोगकर्ताहरुसँग स्मार्टफोनका सुविधाहरुमा उच्च स्तरको शक्ति, नियन्त्रण र प्रदर्शन छ, यसले प्रयोगकर्ताहरुलाई एकै समयमा सक्रिय रुपमा धेरै कार्य गर्न र उनीहरुको दैनिक तालिका नियन्त्रण गर्न सक्षम बनाउँछन् । यी आवश्यकताहरुबारे ग्राहकको गहिरो बुझाइका साथ, जीटी नियो मिडिया टेक डाइमेन्सिटी ८१०० मोबाइल प्लाटफर्म सँगसँगै स्वतन्त्र डिस्प्ले चिप र अल्ट्राडार्ट १५० वाट फास्ट चार्जिङ प्रविधिसहित सुसज्जित छ ।

यो फोनमा १५० वाट फास्ट चार्जिङलाई सपोर्ट गर्ने ४,५०० एमएएच ब्याट्री छ । फास्ट चार्ज गर्ने प्रविधिलाई सुरक्षा र सुविधाहरुको धेरै तहहरु ब्याकअप गरिएको छ । साथै टीयूभी राइनल्याण्ड सेफ फास्ट चार्जिङ द्वारा प्रमाणित छ । रियलमीले १६ सय चार्ज साइकलपछि ब्याट्रीले आफ्नो मूल क्षमताको ८० प्रतिशत राख्ने दाबी गरेको छ । धेरैजसो प्रतिस्पर्धाले आठ सय चार्ज चक्रपछि ८० प्रतिशत ब्याट्री क्षमताको दाबी गर्दछ । कम्पनीको रियलमी जिटो नियो २, ६ महिना पहिले ६०० हर्ज टच प्रतिक्रिया रेट प्रदान गर्ने पहिलो फोनहरु मध्ये एक थियो । नयाँ जीटी ३ ले आफ्ना प्रयोगकर्ताहरुलाई उच्च प्रतिक्रिया दिनको लागि १००० हर्ज (जीटी मोडमा) बढाउँछ । यो १२० हर्ज रिफ्रेस रेटको साथ ६.७ ईन्च एफ एच डी अमोल्ड डिस्प्ले हो ।

आई–पपिङ फ्लागशिप पफर्मर, मिडियाटेक डाइमन्सिटी ८१ सय फाइभजी एसओसी १२ जीबी ¥याम २५६ जिबी स्टोरेजको साथ जोडिनेछ । रियलमी जीटी नियो ३ ले ओआईएससँग ५० एमपी सोनी आईएमएक्स७६६ प्राइमरी सेन्सर, ८ एमपी अल्ट्रा–वाइड लेन्स र पछाडि २ एमपी म्याक्रो सेन्सर फिचर गर्नेछ साथै फ्रन्टमा सेल्फी भिडियो कलहरुको लागि १६ एमपी क्यामेरा हुनेछ ।

रियलमी जीटी २ प्रो
रियलमी जीटी २ प्रोमा, रियलमीले विश्वको पहिलो तीन परिचय दिएको छ । बायो–पोलिमर सामग्रीबाट बनेको ब्याक कभर, १५० डिग्री अल्ट्रा–वाइड क्यामेरा र रियलमीको इनोभेसन फवार्ड कम्युनिकेसन’ छन् । प्रिमियम अनुभूति दिनको लागि, रियलमी जीटी २ सिरिज ‘नाओतो फुकासावासँग’ डिजाइन गरिएको हो, जसले विशिष्ट पेपर टेक मास्टर डिजाईन र बायो–पोलिमर सामग्रीको साथ युवाहरुलाई आकर्षित गर्दछ ।

नयाँ पुस्ताको आवश्यकतालाई सम्बोधन गर्दै, रियलमीले फोनहरुलाई अब सञ्चार उपकरण मात्र नभएर तिनीहरुले दिगोपनप्रति जेन जेडको मनोवृत्तिलाई प्रतिनिधित्व गर्दछ । यसबाहेक, अहिलेसम्मकै सबैभन्दा प्रिमियम फ्लागशिपको रुपमा, रियलमी जीटी २ प्रो स्नापड्रागन ८ जेन १ सँग आउनेछ र यसले नेपाली प्रयोगकर्ताहरुलाई नयाँ हाई–इन्ड अनुभव प्रदान गर्ने आशामा थप रोमाञ्चक विशेषताहरु ल्याउनेछ ।


क्याटेगोरी : कर्पोरेट-वाणिज्य-उद्योग

तपाईको प्रतिक्रिया